८ कक्षाको परिक्षा सकिएपछी शान्ता चौधरीले यसो भनिन्

काठमाडौं, १८ चैत ,

कक्षा ८ को परीक्षा दिइसकेपछि पूर्व सांसद शान्ता चौधरीले सबैलाई धन्यवाद दिएकी छिन् । उनले दाङको एक विद्यालयबाट भर्खरै कक्षा ८ को परीक्षा दिएकी हुन् । परीक्षा सकिएपछि उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस्तो प्रेरणा आगामी दिनमा पनि मिलोस भनेकी छिन् ।
shanta chaudhari
‘जीवनको मध्यान्तरमा आएर मैले कक्षा ८ को जिल्ला स्तरीय परीक्षा दिईरहँदा बिभिन्न कोणबाट मलाई प्रेरणा दिनुहुने, प्रोत्साहित गर्नुहुने र निर्धक्क परीक्षा दिन सक्ने वातावरण सिर्जना गर्न सघाउने आदरणीय शिक्षकबर्ग, बिद्यार्थी साथीहरु, शुभचिन्तक साथीहरु, मेरो घरपरिबार र आफन्तजन तथा बिभिन्न संचारमाध्यम र संचारकर्मी मित्रहरु, प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । शैक्षिक जीवनका आगामी दिनहरुमा यो प्रेरणा मिलिरहोस् ।’ उनको धारणा छ । दैनिकनेपल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com