एटलान्टामा नारी दिवस भब्यताका साथ सम्पन्न

विजय थापा, चैत्र ७,

 नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिकाको महिला तथा बालबालिका समितिको आयोजनामा गत मार्च १३ तारिख एटलान्टामा नारी दिवस भब्यताका साथ सम्पन्न भएको छ l कार्यक्रममा नेपाल तथा अमेरिकाका राष्ट्रिय गान बाट सुरु गरिएको थियो l र उक्त कार्यक्रमको सुरुवात नेपलिज एसोसिएसन इन साउथइस्ट अमेरिकाका पुर्व अध्यक्ष राजा घलेले गर्नु भएको थियो l 

नासाको ईतिहासमा पहिलो पटक महिला दिवस मनाएकोमा पूर्व अध्यक्ष घलेले हर्ष व्यक्त गर्दै कार्यक्रम संचालक मिसेस अन्तर राष्ट्रिय इंडिया शबिता जैन लाई परिचय गराउनु भएको थियो l 

नासा महिला तथा बालबालिका समितिका सभापति विद्या गुरुङले सबैलाई स्वागत गर्नुको साथै प्रमुख वक्ता चार्लोट हल नाश तथा अरु विशिस्ट व्यक्तिहरुको परिचय दिनु भएको थियो l नासाका कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्यले नासाका अध्यक्ष बिमल नेपाल को स्वागत संदेश पढ्नु हुदै धन्यवाद ज्ञापन गर्नु भएको थियो l 

कार्यक्रमका प्रमुख वक्ता चार्लोट हाल नाशले महिला भूमिका बारेमा बोल्न्नु भएको थियो भने डा अमृता रेग्मीले सकारात्मक कार्य तथा महिलाका उन्नतिका बारेमा बोल्नु भयो l यसै गरि प्रख्यात पाकिस्तानी लेखिका ,कवियत्री तथा सामाजिक कार्यकर्ता सदफ फारुकीले महिला का सशक्तिकरण बारेमा बोल्नु भएको थियो भने नेपाली लेखिका तथा कवियत्री गोता सापकोटाले कविता वाचन गर्नु भएको थियो l 

यसै गरि भारत कला नाट्यको तर्फ बाट नृत्यहरु प्रस्तुति गरिएको थियो जसको निर्देशक सुबथ्रा सुदर्शनले गर्नु भएको थियो l नेपालीले प्रख्यात गीतहरुमा गाईएको थियो भने कार्यक्रममा भारत ,पाकिस्तान ,बंगलादेश ,इन्डोनेसिया आदि बाट विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो l 

कार्यक्रममा नेपाली घरेलु उद्योगका पोशाक तथा हस्तकलाका समानहरु पनि राखिएको थियो भने कार्यक्रममा बिशेष व्यक्तित्व ,कलाकार तथा स्वयम् सेवकलाई  प्रशंसाको प्रमाण पत्रको साथै पदक पनि प्रदान गरिएको थियो l 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com