कबिता -सौतेनी आमा
नाताले उनि सौतेनी आमा पर्छिन
आमा भन्छु , मलाई आँखा तर्छिंन |
तेरो छोरी यस्ती भन्दै बालाइ कुरा लाउँछिन
यसै गरी कुरा लाउँदा बा को मायाँ धेरै पाउँछिन
मेरो आमाको भाग्य लुट्ने पनि उनि
मेरो भाइलाई चोर्यो भन्दै कुट्ने उनि
नाताले उनि सौतेनी आमा पर्छिन
राम्रै काम गर्दा पनि उल्टो रीस गर्छिन |
बाले मलाई मायाँ गरे, घर छोडी जान्छु भन्छिन
मेरो अंश छुट्याइ देउ अलग बसी खान्छु भन्छिन
स्कुल जान्छु आमा भने, पोइला जान्छेस तँ भन्छिन
काम नगरे बिहान बेलुका कस्को कमाइ खान्छेस भन्छिन
नाम जान्दिनन उनि मेरो ,ओई भनि बोलाउँछिन
म मेरो आमालाई सम्झिएर टोलाउंदा,
उनि चर्की चर्की काम अराउंन्छिन
नाताले उनि सौतेनी आमा पर्छिन
स्पर्सको आशा गर्छु अझै रीस गर्छिन |
हावा हुरी मडारिएर आकाश गर्जी चट्यांग पर्दा
घरको छानो भत्किएर मेरो नजिक झर्दा
म आत्तिएर उनको फरियामा लुटपुटिन पुग्छु
तेरो अधिकार छैन यहाँ भन्छिन
नाताले उनि सौतेनी आमा पर्छिन्|
पढी समाजमा केहि गर्छु भन्दा अझै रीस गर्छिन
भोक लाग्यो आमा भन्छु, भाइको जुठो भात दिन्छिन
त्यहि जुठोको बदलामा धेरै काम लगाउन्छीन
त्यहि घरकी छोरी हुँ म पनि, नोकर्नीलाई जस्तै गर्छिन
बचन रुपी बाणहरु बर्षाउंदै मेरै पछी पर्छिन्
मेरो अनुहारमा खुसि देख्दा भित्र भित्र जल्छिन
मेरो सफलता सहन नसकी बेहोस भइ ढल्छिंन
मेरो आँखाको आँसु देख्दा उनि मख्ख पर्छिन्
नाताले उनि सौतेनी आमा पर्छिन
यदि सम्भब हुन्छ
भने सौताने भन्ने नाता अन्त्य होस सबै हुन् बराबरी
डर लाग्छ नजोडियोस यस्ता नाताहरु मेरा वरिपरी
नाताले उनि सौतेनी आमा पर्छिन्
मुटु गाँठो पारेर आमा भन्छु , उनि आँखा तर्छिन
उनि अझै रीस गर्छिन |
साबी पाठक