नायक सरोज खनाल प्रेम गित लिएर अमेरिका आउदै

विजय थापा , वाशिंगटन डिसी  फागुन २०,

गत प्रणय दिवसको शुभ साईतमा नेपाल अधिराज्य भर प्रदर्शन भएको नेपाली चलचित्र प्रेम गित अमेरिकाका विभिन्न शहरमा प्रदर्शन हुने भएको छ l र यो चलचित्र देखाउन वरिष्ठ कलाकार सरोज खनाल स्वयम् आउने भएका छन् l अमेरिकाको बिभिन्न शहरहरुमा प्रदर्शन गर्न मिति तथा स्थान समेत धमाधम आरक्षित गरि रहेको बताईएको छ l

यसको लागि मार्चको अन्तिम साता देखि उक्त चलचित्र प्रदर्शन गर्ने र यो चलचित्र अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले पक्कै मन पराउनु हुने छ भनि सरोज खनालले बताए l

नेपाल अधि राज्य भर प्रदर्शन हुनु अगाडी नै गीतसङ्गीत निकै चर्चामा रहेको यो चलचित्र अधिकांस पाटो हाँसो र मनोरञ्जनको संगम रहेको छ l

युवा निर्देशक सुदर्शन थापाले ‘प्रेम गीत’ युवापुस्तालाई नै लक्ष्यित गर्दै बनाएका हुन् l नेपाली चलचित्र उद्योगमा यस अघि ‘मेरो एउटा साथी छ’ बनाउने निर्देशक थापाले ‘प्रेम कथा’  को निर्देशन गरेका छन् l

चलचित्रको छायांकन जोमसोम, कागवेनी लगायत अन्य मनोरम क्षेत्रमा गरिएको छ l अर्जुन पोखरेललेको संगित रहेको चलचित्रका गितहरुमा स्वरुपराज आचार्य, सुगम पोखरेल, अन्जु पन्त लगायतका स्वर रहेको छ l नेपालमा बनेका चलचित्रहरु मध्ये यो दोस्रो महँगो चलचित्र रहेको बताईएको छ l

सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप खड्का, पुजा शर्मा, सरोज खनाल ,लक्ष्मी गिरी, रुपा राणा लगायतका कलाकारहरु रहेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com