विहे गरेको ४ महिनापछि पति फरार..गर्भवती मन्जिराको बिचल्लीमा

धनुषा चैत्र १८,

अन्तरजातीय प्रेम विवाह गरेको चार महिनापछि श्रीमान् फरार भएपछि धनुषामा एक दलित युवतीको विचल्ली भएको छ ।

नौ सय विघा गाविस ६ बस्ने २१ वर्षीय मन्जिरा दासको अन्तरजातीय प्रेमबिवाह गरेका श्रीमानले गर्भ बोकाएर फरार भएपछि विचल्ली भएको हो । उनी न्याय पाउन पाँच महिने छोरो काखी च्यापेर प्रहरी प्रशासनमा पुगेकी छिन् ।
Capture
दलित परिवारको मन्जिरा आफ्नै गाउँका सम्बृद्ध परिवारका रामदयाल यादवका २३ वर्षीय छोरा विपीन यादवसँग प्रेममा परिन् । विपीन उच्च जातका केटा भएकाले गाउँ समाज एवं घरपरिवारमा दलित जातकी केटीसँग विवाह गर्दा स्वीकार गर्ने अवस्था थिएन ।

यो अवस्था नभएपछि उनीहरुले २०७१ मा सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए । विहेपछि समाजको डरले गाउँ नफर्केर आफूहरु विराटनगरमा डेरा लिएर बस्न थालेको उनको भनाइ छ ।

विवाह भएको चार महिनापछि मन्जिर गर्भवती भइन् । बच्चा भएपछि घरपरिवारले स्वीकार गर्ला भनेर आस पलाएकी मन्जिरा केही दिनमै एकाएक विपीन डेरा छाडेर फरार भएपछि समस्यामा परेकी छिन् । अन्नपूर्ण पोष्टमामा समाचार छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com