इजरायलमा १०६ औं अन्तराष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न

तेल अभिव चैत्र ७,

श्री सत्यसाई केन्द्र इजरायल र नेपाली नारी आवाज इन इजरायलको संयुक्त आयोजनामा १०६ औं अन्तराष्ट्रिय नारी दिवस ''नारी हिंसा विरुद्ध राज्यको दायित्व र प्रवासमा नारी ''भन्ने मुख्य नाराका साथ भव्यता रुपमा सम्पन्न भएको छ ।

मार्च ८ सप्ताहब्यापी रुपमा मनाइने नारी दिवस मार्च ११ /१२ (सुक्रवार र सनिवार )का दिन Shree satya sai International Organization Haifa को आयोजनामा Suzame from Switezeland & George from Greece द्वारा Inspring workshop on Sri satya sai educure Abt ''education in universal human values'' कार्यक्रममा सहभागी भएका कारण सहि समयमा कार्यक्रम आयोजना गर्न नसकेको भएता पनि इजरायलको कामको प्रकृतिलाई हेरी हिजो मार्च १८ सुक्रवार सत्य साई केन्द्र हार्सियोन ३५ मा नेपाली राजदुतावासका उपनियोग प्रमुख श्री रामेश्वर पौडेलको प्रमुख आथित्वमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा आयोजक कमिटिलाई गर्भिलो अनुभूति भएको कुरा कार्यकम संयोजक नेहा गुरुङ साईरामले बताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि रामेश्वर पौडेलकि धर्मपत्नी श्रीमती उषा पौडेलको समेत उपस्थिति रहेको थियो भने राजदुतवासका सहचारी श्री भोज कुमार भट्टराईको समेत समुपस्थिति थियो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा उल्लेखनीय महिला दिदीबैनीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवात तीन पटक ॐकार गायत्री मन्त्रोचारण सहित प्रमुख अतिथिको बाहुलीबाट दिप प्रज्वलन गरी गरिएको थियो ! सत्यसाई केन्द्रकि आध्यात्मिक संयोजक परि डाँगीले स्वागत मन्तब्य राख्नु भएको थियो ! कार्यक्रममा प्रमुख अतिथि उपनियोग प्रमुख पौडेलले संस्थागत पहिलो कार्यक्रममा उपस्थित जनाउन पाउँदा खुशी व्यक्त गर्नु हुँदै प्रवासी भूमिमा कठिन परिश्रमको बाबजुत पनि समय निकालेर कार्यक्रमहरु आयोजना गर्नु स्वयम् मा गर्विलो बिषय हो भन्नु भयो ! उहाँले नारी र पुरुष एक रथको पाङ्ग्रा हुन् नारीहरु पनि शिक्षित, सबल र सक्षम भएमा मात्र स्वयं चेतनाको स्तर वृध्दि हुने , पुरूष र नारीवीच सहअस्तित्वको सम्मानको परिपाटीको विकास हुन सकेमा यो दिवसले अझ महत्व राख्ने बताउनु हुँदै सम्पूर्ण नारीहरुमा एकता र सद्भाव कायम गरोस भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको थियो !
सोहि कार्यक्रममा राजदुतावासका सहचारी भट्टराईले नागरिकलाई अधिकार दिने राष्ट्रको दायित्व हो भन्नु हुँदै नारीहरुको अस्तित्व सुनिश्चितता , एकता र आपसी सद्भावमा जोड दिनु भएको थियो ! एन आर एन ए इजरायलका अध्यक्ष दिपक ओलीले ढिलै भए पनि नेपाली नारी आवाज इन इजरायल र श्री सत्य साई केन्द्रले संयुक्त कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै इजरायलमा नारी एकताको कमि रहेको महसुसले आफुलाई दू;खी तुल्याएको कुरा व्यक्त गर्नु भयो ! मन्तब्यको क्रममा उहाँले छाता संगठनको रुपमा रहेको एन आर एन एले कुनै पनि संस्थाले कार्यक्रम आयोजना गरेमा ४०-५० क्षमताको हल नि;शुल्क उपलब्ध गराउन सकिने जानकारी समेत गराउनु भयो !

नारी विकास बिना समाज र देशको विकास असम्भब छ भन्ने विचार सहित कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नु हुँदै चितवन समाजका महासचिव नयन सापकोटाले यसरी नारी दिवस मनाई रहंदा देशमा बढ्दो नारी हिंसा बिरुद्ध आवाज उठ्ने र नारीहरुको सोच्ने क्ष्मातामा पनि विकास हुने , कुरा प्रस्ट पार्नु भयो ! समाज परिवर्तनमा नेपाली महिलाको प्रयास सर्हानिय रहेको विचार व्यक्त गर्दै सत्य साई केन्द्रकि महिला संयोजक तथा रुपन्देही सेवा समाजकी अध्यक्ष तारा अधिकारीले आयोजक कमिटिको तर्फबाट उपस्थित सबैमा धन्यवाद व्यक्त गर्नु हुँदै नारीले नारी प्रति सम्मान भाव राख्न सक्नु पर्ने विचार व्यक्त गर्नु हुँदै इजरायलको परिवेशमा संघ संस्थाको भूमिका र नेपाली महिलाहरुको सक्रियता साथै जुजारुका लागि हरेक क्षेत्रमा महिला सहभागिताको खाँचो रहेको र हुनु पर्नेमा जोड दिनु भएको थियो ।

मन्तब्यका क्रममा एन आर एन ए इजरायलकि महिला उपाध्यक्ष मुना बस्नेतले देशमा बिध्यमान नारी समस्या बारे कवितात्मक भावना प्रस्तुत गर्नु भएको थियो ! यसै गरी कवि समा श्रीले ''उड नारी उड''शिर्षकको ससक्त कविता वाचन सहित नारी र पुरुष बीच ब्यबहारीक भिन्नताका समय सापेक्ष विचार राख्नु भएको थियो ! यसै क्रममा आफ्नो मन्तब्य व्यक्त गर्नु हुँदै सत्यसाई केन्द्रकि यूवा संयोजक रन्जना के;सीले ईश्वर र मानव बीचको सम्बन्ध साथै आचरणका बिषयमा चर्चा गर्नु हुँदै समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टिकोमा अझै परिवर्तन हुन नसकेकोमा दू;ख व्यक्त गर्नु भयो भने सहभागी देबी सुबेदीले नारी भावका याथार्थ परक केहि मुक्तक वाचन गर्नु भएको थियो ! नारीका लागि नारिकी प्रतिनिधि नितु खतिवडाले समेत 'अर्को बिद्रोह 'शिर्षकमा कबितात्कम भावना प्रस्तुत गर्नु भएको थियो !

कार्यक्रमको अन्त्यमा, सभापतिको आसनबाट समाज सेवी तथा सत्यसाई केन्द्र एबम नारी आबाज इन इजरायलकि अध्यक्ष नेहा गुरुङ साईरामले कार्यक्रममा उपस्थित प्रमुख अतिथि , अतिथि लगायत सम्पूर्णमा अमुल्य समयका लागि हार्दिक आभार व्यक्त गर्नु हुँदै बाबाकै कृपाका कारण गत बर्ष जस्तै यस बर्ष पनि श्री सत्य साई केन्द्रमा १०६ औं नारी दिवस मनाउन सकिएको धारणा व्यक्त गर्नु भयो ! प्रवासमा रहेर कठिन कामको बाबजुत पनि आफ्नो जिम्बेवारी र कर्तब्य प्रति सचेत रहेको र सदैब हटेर हैन डटेर अझ अगाडी बढ्ने कुरामा विश्वास दिलाउनु भयो ! उहाँले होडबाजीका कारण इजरायलमा एकता हुन नसकेको बताउनु हुँदै नेपाली नारी आवाज इन इजरायललाई हामी सबैले प्रतिशोधको भावना त्यागेर हातेमालो गर्दै अझ ससक्त रुपमा अगाडी बढाउन सबैमा आह्वान गर्नु भयो ! आध्यात्मिक लगावसंगै सामाजिक भावनालाई समेत संगै डोर्याउदै आफ्नो कर्तब्य र जिम्बेवारी प्रति सधै बफादार रहेने प्रतिबद्धता व्यक्त गर्नु हुँदै नारी दिवसको पुनित अबसरमा सबै नारीहरुमा शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन नारी आवाज इन इजरायलकि महासचिव सुमित्रा पौडेल आँचलले कार्यक्रमको बीच बीचमा नारी सम्बन्धि कबिता प्रस्तुत गर्दै बढो रोमान्चित ढंगबाट गर्नु भएको थियो । मन्तब्यको क्रम समाप्त लगत्तै आरति सहित प्रसाद वितरण समेत गरिएको थियो ! ॐ साईराम !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com