शिवलाल सुवेदी
गुल्मी, ५ चैत ,
सदरमुकाम तम्घासको बसपार्कमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको मुसिकोट ७ घर भै रेसुङ्गा नगरपालिका १० बसपार्कमा बस्दै आएका प्रकाश नेपालीकी श्रीमती बर्ष २४ की लक्ष्मी नेपाली शुक्रवार साँझ आफ्नै कोठामा मृत भेटिएकी हुन् ।
अत्याधिक मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
महिलाले अत्यधिक मदिरा सेवन गरेको भएपनि घटनाका बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको प्रहरी निरिक्षक मिश्रले बताउनुभयो ।
शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल तम्घास राखीएको प्रहरीले जनाएको छ । लक्ष्मीका ३ वटा बच्चा रहेका छन् । उनीहरु सदरमुकाम तम्घासमा ज्याला मजदुरी गर्दै आएका थिए ।दैनिकनेपल;