चेपाङ संरक्षण केन्द्रलाई जर्मनबाट खाद्यान्न सहयोग

रत्ननगर ०२ चैत ,

चितवनको रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई जर्मनबाट एक लाख रुपैया वराबरको खाद्यान्न सामाग्री सहयोग आएको छ । नारायणगढ घर भई जर्मनमा बस्दै आएका रामप्रताप थापाले केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुको लागि खाद्यान्न सामाग्री सहयोग गरेका हुन ।

थापाले वालवालिकाका लागि ४० बोरा चालम,१० कार्टुन तेल,१० बोरा भूजा,१० बोरा स्वविन,२ बोरा आलु,२ वोरा दाल,वेसार लगायत दैनिक आवश्यकीय बस्तु सहयोग गरेका हुन । केन्द्रमा मंगलवार आयोजित कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रशासकिय अधिकृत रामकुमार अर्यालले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अबसरमा उनले केन्द्रमा खाद्यान्न अभावहुन नदिन हरदम सहयोग गर्न तयार रहेको बताए । थापा यस अधि केन्द्रमा स्थापना गरिएको अक्षय कोषको लागि एक लाख रुपैया सहयोग गरेका थिए । केन्द्रमा १४० जना चेपाङ वालवालिका आश्रित रहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com