जापानका एक तिहाई कामदार महिला यौनहिंसाकाे सिकार

टोकियो,  फागुन १९,

जापानका कम्तीमा पनि एक तिहाई कामदार महिलाले कार्यक्षेत्रमै यौनसम्बन्धी हैरानी सामाना गर्नुपरेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कामदार महिलामा गरिएको एक सर्वेक्षणमा जापानमा कम्तीमा पनि एक तिहाई महिलालाई उनीहरुको कार्यक्षेत्रमा नै यौन हैरानी सहनुपरेको पाइएको बताइएको हो ।

यसमध्ये दुई तिहाई यस्ता महिलाले उनीहरुले आफ्ना बारेमा गरिएका यस्ता हिंसाका घटनाको सार्वजनिकीकरण नगर्ने गरेको पनि देखिएको समाचारमा उल्लेख गर्ने गरिएको छ ।

जापानको स्वास्थ्य श्रम तथा समाजकल्याण मन्त्रालयले गरेको सर्वेक्षणमा यस्तो तथ्य पाइएको छ ।

जापानका २२ वर्षददेखि ४४ वर्षको उमेर समूहका महिला कर्मचारीहरुमा गरिएको सर्वेक्षणमा यस्तो पाइएको छ । ती महिलामध्ये कम्तीमा पनि १० हजार जनामा यो सर्वेक्षण गरिएको छ ।

लिखित प्रश्नका आधारमा गरिएको यस सर्वेक्षणमा यस्तो परिणाम आएको हो । गत सेप्टेम्बर र अक्टोबर महिनामा जापानका विभिन्न सहरमा तीन हप्ता लगाएर यो सर्वेक्षण गरिएको हो ।

मङ्गलबार सार्वजनिक भएको सो सर्वेक्षणमा भनिएको छ– त्यहाँ कार्यरत कम्तीमा पनि ३० प्रतिशत महिलाले आफूहरु कार्यक्षेत्रमा नै यौन हिंसामा पर्ने गरेको पाइएको जनाएका थिए ।एभरेस्ट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com