गजल-प्रदेसी By, कबिराज मगर


गजल-प्रदेसी By, कबिराज मगर

गाउँघर  कै सम्झनामा  दिनहरु काट्छु आमा
 अमूल्य यी पसिनासँग डलरहरु साट्छु आमा ।

प्रदेशमा तपाईको छोरो  कुनै पल हाँस्या छैन
 म जस्तै अरु छन दु:ख  र सुख बाट्छु आमा ।

थाकी  सकेछु क्यार जाँगर चल्न छोडी सक्यो
 साहुको ऋण सम्झिएर आँट्न त आट्छु आमा ।

सोध्नु हुन्छ घरबाट छोरा तिमीलाई कस्तो छ त
 गह भरी आँसु पारी तपाईहरुलाई  ढाट्छु आमा ।

घरको  छाना फेर्नु अब ऋणपान सकियो भने
 सुख दु:ख बसौँ घरमै प्रदेश अब छाट्छु आमा ।

कबिराज मगर
 दिप्लुङ १ खोटाङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com