गज़ल By, कल्पना पौडेल ' जिज्ञासु '
बिना कसुर दोषी बनाइ बोली बार्यो निष्ठुरीले
अजम्बरी साइनो तोडी जिउँदै मार्यो निष्ठुरीले
विस्वासको दीयो किन निभ्यो कारण सोधिरहें
अनेक झुटो बहानामा मलाई टार्यो निष्ठुरीले
जीवन भरको साथ माग्यो सुम्पिदिएँ जिन्दगानी
विस्वास घातको झटारोले खुशी झार्यो निष्ठुरीले
प्रीती फुलाउन मनको घडेरीमा बास दिएँ
कोपिलामै निमोठेर बस्ति सार्यो निष्ठुरीले
घाइते मुटु दुखाएर पीडा दिँदै 'जिज्ञाशु'लाई
दोबाटोमा साथ छोडी एक्लो पार्यो निष्ठुरीले
कल्पना पौडेल ' जिज्ञासु "
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल