शुक्रबार गएको ५.५ रेक्टरको भूकम्पमा राजधानीमा ७१ घाइते

 
काठमाडौँ माघ २३,

शुक्रबार राति १०ः०५ बजे सिन्धुपाल्चोक हेलम्बु तार्केघ्याङ आसपास केन्द्रबिन्दु भएर गएको ५.५ रिक्टर स्केलको परकम्पका कारण काठमाडौँ उपत्यकामा ७१ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको, १९ जना उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत रहेको र भौतिक क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।

काठमाडौँमा ६०, भक्तपुर र ललितपुरमा ११ जना घाइते भएकामा ४१ पुरुष र १९ महिला छन् । “घाइतेको हात खुट्टामा बढी चोट लागेको छ, घाइते हुनेमा कुनै पनि विदेशी नागरिक छैनन्”– प्रवक्ता पोखरेलले बताउनुभयो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com