नारायणी अंचलमा ६ जनाले पाए आईएमईको छात्रवृत्ति

चितवन १३ फाल्गुण ,

शिशिर सिम्खडा : आईएमई लिमिटेड र ग्लोबल आइएमई बैंकले स्थापना गरेको आईएमई ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति वितरण कार्यक्रम नारायणी अंचलमा सम्पन्न भएको छ ।

देशकै अग्रणी रेमिट्यान्स कम्पनी आइएमईले “उज्यालो भविष्यको तपाईंको आकांक्षालाई हाम्रो साथ्” भन्ने नाराका साथ देशभरका १ सय जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई १० हजार रुपैयाका दरले १० लाख रुपैया प्रदान गर्ने योजना अन्तर्गत रौतहटको मुडबलवा स्थित नेमधारी वासुदेव उ मा वि मा कक्षा ८ मा अध्ययनरत विद्यार्थी विजय कुमार यादवलाई छात्रवृत्ति वितरण गरिएको छ । यसैगरी बाराको निजगढस्थित होली एन्जल्स बोर्डिंङ स्कुल कक्षा १ मा अध्ययनरत विद्यार्थी शुभम साह र मकवानपुरको हेटौडास्थित ब्रम्ह्दिक एकेडेमी कक्षा ४ मा अध्ययनरत विद्यार्थी गृषा पाण्डेले पनि छात्रवृत्ति प्राप्त गरेका छन् ।

सो छात्रवृत्ति रकमको चेक तीनै विद्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको थियो । रौतहटमा आयोजित कार्यक्रममा आइएमईका नारायणी अन्चल प्रमुख सुरज पौडेल र विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रधानाध्यापक रामेश्वर प्रसाद यादवले संयुक्त रुपमा छात्रवृत्ति प्रदान गरेका थिए। यसैगरी हेटौडामा आइएमईका नारायणी अन्चल प्रमुख पौडेल र ग्लोबल आइएमई बैंक हेटौडाका शैलेन्द्र खड्काले संयुक्त रुपमा प्रदान गरे भने निजगढमा पौडेलले छात्रवृत्ति रकमको चेक प्रदान गरेका थिए ।

छात्रवृत्ति वितरण कार्यक्रममा आइएमईका नारायणी अन्चल प्रमुख पौडेलले विपन्नताका कारण अध्ययन अगाडी बढाउन नपाएका विद्यार्थीहरुका लागि यो योजनाले विद्यार्थीको थप अध्ययनमा सहयोग हुने बताए । जो जहाँ जस्तो अवस्थामा रहे पनि नेपालीको सुखदुखको साथी बनेको आइएमईले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको पौडेलले बताए ।

आइएमई मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिने मात्र नभई अन्य धेरै सेवा आइएमईले प्रदान गर्ने जस अन्तर्गत नेपालमै पहिलो पटक विभिन्न स्कुल तथा कलेजमा सोझै शैक्षिक शुल्क भुक्तानीको सुविधा पनि आइएमईले प्रदान गरिरहेको पनि उनले बताए । रौ

तहटमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रधानाध्यापक रामेश्वर प्रसाद यादव, प्रधानाध्यापक रविशंकर यादव, शिक्षक जितेन्द्र प्रसाद यादव, रामश्रेष्ठ प्रसाद यादव, विजय कुमार यादव लगायतले मन्तब्य व्यक्त गरेका थिए भने हेटौडामा विद्यालयका प्रधानाध्यापक भोला प्रसाद शिवाकोटी लगायतले मन्तब्य गरेका थिए । आईएमईको यस छात्रवृत्ति योजना अन्तर्गत नारायणी अंचलबाट छनौट भएका ६ जना मध्ये चितवनका ३ जना विद्यार्थीलाई यस अघि नै छात्रवृत्ति प्राप्त गरिसकेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com