कुरा नमिलेपछि पत्नीको हत्या

लमजुङ, १२ फागुन,

 आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा ऐलुंग–६ बस्ने ५१ बर्षीय गोपीलाल विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले फागुन ८ गते ४८ बर्षीया श्रीमती काली विकलाई कुटपिट गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएकोमा मंगलबार उपचारको क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार घरझगडा र शारीरिक सम्बन्धको कुरा नमिल्दा कालीको हत्या भएको प्रारम्भिक कारण पत्ता लागेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com