अमेरिकामा पहिलो पटक गर्भाशयको सफल प्रत्यापरोपण

एजेन्सी फागुन १६,

अमेरिकाको क्लिभलेन्ड क्लिनिकका शल्य चिकित्सकहरुको एउटा समूहले यसै साता पहिलो पटक गर्भाशयको सफल प्रत्यापरोपण गरेका छन् । करिब ९ घन्टा लामो शल्यक्रियापछि २६ वर्षीय एक महिलाले नयाँ कोख पाएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रत्यारोपण गरिएको गर्भाशय एक मृत अंग दाताको हो ।
क्लिनिकल परीक्षण
नोभेम्बरमा क्लिभलेन्ड क्लिनिकले गत नोभेम्बरमा एउटा अध्ययन गरेको थियो जस अन्तर्गत कोखमा बाझोपन हुने १० महिलाहरु रहेका थिए । युएफआई एउटा अवस्था हो जहाँ महिला युटरस (गर्भाशय) नभएको अवस्थामा जन्मिएको उनी गर्भवती बन्न सक्दिनन् । अर्थात उनको युटरसले काम गर्न सक्दैन । यस अपरिवर्तनी अवस्थाबाट विश्भरका ३ देखी ५ प्रतिशत महिला प्रभावित भएका छन् ।

‘युएफआई समस्या भएका महिलामा केही विकल्प पनि छन,’ क्लिभलेन्ड क्लिनिकका गाइनेकोलोजी विभागका प्रमुख टोमासो फाल्कोन भन्छन् ।

गर्भाधारणको मार्ग
यो प्रत्यारोपण बच्चा जन्माउने एउटा जटिल पक्रियाको एउटा महत्वपूर्ण अंश हो । यस प्रक्रियामा महिलाको अन्डालाई पैदा गरी उर्बर बनाइन्छ र नयाँ गर्भाशयको प्रत्यापरोपणका लागि चिस्याइन्छ । प्रत्यारोपण गरिएको एक वर्षपछि जमाइएको भ्रूणलाई पगाल्ने र प्रत्यारोपण एकैचोटी गरि गर्भवती बनाइन्छ । गर्भावस्थामा उनलाई ‘एन्टी रिजेक्सन ड्रग्स’ दिइन्छ । प्रत्यारोपण गरिएकी महिलालाई गर्भाधारणदेखि सुत्केरी हुने अवधिसम्म प्रसुती विज्ञहरुको एउटा समूहले निरन्त अनुगमन गर्छ । अर्गान रिजेक्सनको लागि उनको हरेक महिना सर्भिकल बायोप्सी हुन्छ । शल्यक्रियामार्फ शिशुको जन्म दिइन्छ । गर्भाशयोच्छेदनपछि उनलाई दिइएको एन्टी रिजेक्सन ड्रग्स रोकिन्छ ।

यो शल्यक्रिया अमेरिका पहिलो भए पनि स्वीडेनमा ९ वटा यस्ता प्रत्यारोपण भइसकेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com