मैले बिदेसी भुमिमा नेपाली पुस्तक किन बेचे

परिवार र मातृभूमी त्यागी परदेशिनु मेरो चाहनाको कुनै पत्रमा रहरले कोरिएका थिएनन् । तर, जिन्दगीलाइ जिन्दगी जस्तो बनाउन र थपिंदै गएका जिम्मेवारी, कर्तव्य निभाउन मैले यो बाटो रोजे । र, मेरो गन्तव्य बन्यो मध्यपूर्वमा अवस्थित देश इज़रायल ।

अहिले म यो जान्न खोजिरहेको छैन कि राज्यले म जस्ता सामान्य नागरिकलाई के कस्ता आधारभूत आबस्यकताहरु पूर्ण गर्छ तर राष्ट्र प्रति जिम्मेवार बन्न एक हौसला र प्रेरणा साथ् साथै एक ठोस्/विश्वसनीय कार्य नीतिसम्म नहुँदा हजारौं युवा शक्ति बिदेश पलायन हुनु देशकै निम्ति हानि पक्कै हो ।

बिगत् १० साल देखि म यस यहुदी बस्तीमा म सुन्दर भविष्य बनाउन घोटीइ रहेछु र म जस्ता यहाँ हजारौं नेपाली दाजुभाई तथा दिदीबहिनीहरु छन् । मलाइ राम्रोसँग स्मरण छ त्यस दिनको, जुन दिन म एक घरेलु कामदारको रुपमा इज़रायल आउन नेपालको एक मात्र अन्तराष्ट्रिय विमान स्थल त्रिभुवन विमानस्थल पुगे र उड्दा परिवार र मातृभूमी छोड्नुको अमिलो अनुभूति , गह्रुङ्गो मन र साथै मिठो सुन्दर भविष्यको परिकल्पना गर्दै हवाईजहाजको सिटमा बस्दा अनायास्सै आँखाहरु रसाएका थिए । इमान्दारी पुर्वक भन्नु पर्दा मलाइ हवाईजहाजमा सिट बेल्ट बान्न सम्म आउदैनथ्यो । जीवनको पहिलो अनुभव सिक्दै र बटुल्दै गएँ । करिव २०० सय जना जति यात्रारत उक्त जेट उडानमा सायद म नै एकजना पहिलो पटक चड्ने हुनुपर्छ । हवाईजहाजमा प्रथम खाने भोजन सिक्दै (अरुलाई हेर्दै) गरेको थिएँ ।

यहुदी देशमा कदम राखे देखि निरन्तर आजको दिन सम्म उहीं काम/कर्मको सिलसिला चलिरहेकोछ । यी तपसिलका कुराहरु समय सँगै रुप्/रङ्ग फेर्दै नयाँ नयाँ साथीभाई/मित्रजन सँग परिचित गराउंदै गयो । देश र परिवार सँगको न्यास्र्हो खल्लोपन अब बिस्तारै नयाँ कर्तव्यले थिच्दै थियो । मन/मुटुभरी न्यानो, मिठो सम्झनाहरु त छदै थिए ।

मेरो जागिर लिभ आउट (बिहान गएर बेलुकी आफ्नै अपार्टमेन्ट फर्कने) परेकोले नेपाल बाट आएका प्राय अधिकांस नेपाली दाजुभाई, दिदीबहिनीहरु सँग छुट्टीको दिन दुख/सुख कुरा गर्न पाउथें । रमाइलो, खल्लो आफ्नै ठाउँमा थिए स्वदेशको त्रिसना हरेक नेपाली पर्व मनाएर सदभाव बाडिन्थ्यो एक अर्कामा । यस्तैमा केहि सक्रिय साथीभाईहरु सँग मिलेर साहित्यिक सँस्था ''अनेसास इजरायल चाप्टर'' गठन गरियो । उक्त साहित्यिक संस्थाको उपाध्यक्ष पदमा रही कार्य सम्पादन गर्ने अवसर मैले पाएको थिएँ र केन्द्रीय सदस्यमा आबद्ध भै समय समयमा अन्तक्रिया गर्न पाउँदा निकै रमाइलो अनुभूत गरें । यसैबीच हामीले पत्रिका निकाल्ने जमर्को गर्यौं ''मेरो नेपाल'' दैमासिक पत्रिका । प्रवासमा नेपाली अक्षरमा प्रकाशित पत्रिका देख्दा आफैंलाई गर्व महसुस हुन्थियो निकै चल्यो पनि । धेरैले दिएका सकारात्मक प्रतिक्रियाले अझ काम गर्ने हौसला दिएको थियो । तर यो पत्रिका १६ महिनासम्म मात्र संचालन गर्न सफल भयौं विभिन्न कारणवस् निरन्तरता दिने असमर्थ भयौं । अपबातलाई छोडेर भन्नुपर्दा नेपाली जहाँ पुगे पनि पदको मातले भने नछोडेको स्पष्ट महसुस गरें मैले । चाहे त्यो आधिकारी रुपमा नचलाइएको नै किन नहोस् । दैमासिक पत्रिकामा जति गरियो त्यस बाट धेरै कुराहरु सिक्ने मौका मिल्यो ।त्यसको केहि समय पछि मैले सस्था छोडे अनि -
केहि समय चुपचाप बसें । तर भित्रि मनले केहि गर्नुपर्छ भनि घच्घच्याइरहेको थियो तर केही थाहा थिएन । यस्तैमा एक दिन पुस्तकको चर्चा भएको देखे (समाचारमा)। पुस्तक रबिन्द्र मिश्र जी को थियो ''खान पुगोस दिन पुगोस् '' । ढुँगा खोज्दा देउता मिले झैं भयो मलाइ । म के गर्ने भन्ने सोचमा थिएँ , लक्ष्यमा सूर्योदय भए झैं लाग्यो । खुशी हुँदै यहीं (खान पुगोस् दिन पुगोस्) पुस्तक किन्ने मनसाय बनाए तर कसरी ? यस पाटोमा म बिल्कुल अनविज्ञ थिए । भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय । हो उपाय निकाले कुरो २०११ तिरको हुनुपर्छ । केहि गर्ने इच्छाहरु सल्बलाई रहेका थिए रबिन्द्र मिश्र जी सँग सम्पर्क गरि सबै कुरा डिटेलमा बुझे र १०० प्रति पुस्तक आफैले खरिद गरेर खोटांगका केही विद्यालय र तराईमा आफु बसेको ठाउँका स्कुल लाइ दिए यो नितान्त मेरो सानो प्रयास थियो|

<<<त्यो क्षण जीवनमा सबै भन्दा शुखद क्षण थियो मेरो निम्ति । यो मेरो पहिलो परोपकारी कार्य थियो ।मलाई लाग्यो इजरायलमा पनि अब पुस्तक मगाएर सानै किन नहोस हेल्प गर्छु भन्ने आट आयो --त्यस पश्चात् निरन्तर पुस्तकहरु मगाएर साथी भाइलाइ बिक्रि गर्ने कार्य गरिरको छु सायद ५ साल जति भयो होला । यसरी पुस्तक बिक्रि बाट पनि यति ठुलो परोपकारी कार्य गर्न सकिँदो रहेछ । मैले सोचेको पनि थिइन तर गरे हुनेरहेछ । पुस्तक बिक्रि बापत आउने एकएक पैसा परोपकरिमा लगाउँदा म आफु पनि एउटा माध्यम भएको महसुस गर्छु अनि खुशी लाग्छ फर्केर हेर्दा ।

<<बोले जस्तै सहज कहाँ थियो र यो कार्य गर्न ! नेपाल बाट पुस्तक यहाँ सम्म ल्याउन अनि प्रचार-प्रसार गर्नु, छुट्टीमा तेल अभिव पार्कमा बसेर बेच्थें कसैले लिन आउनु हुन्थियो त कसैले मगाउँने गर्नु हुन्थियो । इजरेलीहरु पनि चासो मानेर सोध्थे र बुझे पछी स्याबासी दिन्थे, खुशी लाग्थ्यो । यसरी कार्य गर्दा बिचमा आइपरेका कैयौं अप्ठ्याराहरुलाई आफैमा समेटी <,,परोपकारी पवित्र कार्यमा जोडीइ रहन पाउँदा मिलेको असीम आनन्द कुनैपनि वस्तु सँग तुलना दाँज्न सक्दिन । सुरुवाती समयमा निकै गाह्रो भएको थियो तर काम गर्दै जादाँ बिस्तारै सजिलो हुँदै आएको छ । तर अहिले इन्टरनेटले गर्दा भने पुस्तक बिक्रीमा पनि असजिलो भएको कुरा हामी सबैमा सर्व बिधितै छ । किनकी इन्टरनेटमै सबै प्रकारका सुबिधा उपलब्ध भएको हुँदा मान्छे पुस्तक किन्न गाह्रो मान्छन |
<<<किन पुस्तक बेचे मैले बिदेसी भूमिमा यस लाइ यसरि केलाउदा उपयुक्त होला...

नेपाली भाषालाइ विश्व बजार सम्म पुग्ने र पुस्तक किनेर पढ्ने बानिको विकास हुने
पुस्तक किन्ने मान्छे आफु पढ्ने अनि त्यो प्रति सुरक्षित् रहने
बौद्धिक विकास हुने , ज्ञान र बुद्धीको विकास हुने
पुस्तक किन्ने मान्छेलाइ सहयोग गरे जस्तो पनि हुने अनि आफु पनि पुस्तक पढ्न पाइने बिदेसी भुमिमा एक्लो महसुस नि नहुने यस्तै यस्तै-
यसरी पुस्तकलाइ बारम्बार परोपकरी मा जोड्दा लेखक को पनि प्रचारप्रसार हुने
र त्यस बाट आएको रकम सिधै दुखि, असहाय,गरिब र शिक्षाको लागि भिबिन्न संघ सँस्था मार्फत सिधै सहयोग जाने हुदाँ आज सम्म १०/१२ वटा सस्थाले सानै भए पनि सहयोग पाएका छन ।

आज सम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पाउनेहरु
❖ ''पबित्र सेवा समाज नेपाल
❖ आशा सोनी पर्बत-
❖ किर्तिपुर सफलता शिक्षा सदन स्कुल HIV सँस्था
❖ हार्ट बिज
❖ राइजिग चिल्ड्रेन लोटस भिलेज किर्तिपुर
❖ सित लहर पिडित
❖ बाढी पीडित
❖ आगलागी पिडित
❖ तुलसीपुरका एक जना आखा नदेख्ने बा
❖ बिबेकसिल नेपाली
❖ जन्म दिन शैक्षिक कोष
❖ कोसिस अभियान
❖ हेल्प नेपाल नेटवर्क
<<<र अरु धेरै ठाउँ मा सानै भए पनि सहयोग गर्न पाउदा मनमा आनन्द प्राप्त भएको छ । यो काम नगरी म यत्तिकै चुपचाप पनि बस्न सक्थें तर गरिरहेछु र सकिन्जेल गरिरहनेछु ।जसबाट अरुलाई प्रेरणा र परोपकारीमा यसरी पनि पवित्र कार्य गर्न सकिन्छ भन्ने राम्रो उदाहरण पनि दिन पाउँदा खुशी छु । यसरी निश्वार्थ भावनाले जति पनि गरे मैले नामको लागि गरिन न त कसैको लहै लहैमा लागेर नै गरेको हुँ यो त स्वत स्फुर्त स्वविवेकले गरे, अहिले पछिल्लो ५ बर्ष लाइ फर्केर हेर्दा खुशी लाग्छ गर्व अनुभूत हुन्छ ।

<<जीवनमा सबै भन्दा ठुलो आनन्द जब अरुको लागि सोचिन्छ गरिन्छ त्यो नै ठुलो हो
अरुको लागी सानै हो सानै हुन सक्छ मैले गरेको यो पुस्तक प्रतिको मोह सायद नयाँ त हुदै होइन होला तर मेरो लागि भने नयाँ र बिल्कुलै अप्ठ्यारो छ तर मेरो प्रयास जारी छ । यो अभियानमा मलाई सबैको साथ रहेर नै यो सम्भंब भएको हो । यसमा साथ् तथा सहयोग गर्नुहुने सबै लाई अन्तर्मनबाट नमन गर्दछु ।

<< इजरायलको यो भुमिमा तपाई सबैले पुस्तक पढ्नु अनि नेपाली साहित्यलाई माया गर्नु भएको छ साथै तपाईहरुले किनेको पुस्तक बाट आएको एक एक पैसा गरिब बालबालीका, बृद्ध, बृद्धा तथा अनाथहरुले सहयोग पाएका छन् त्यो नै ठुलो कुरा हो । पुस्तक किनेर पढ़नुहुने तपाई सबैको जय होस पुन आभार व्यक्त गर्दछु ।
केही पुस्तकहरु
मैले देखेको नेपाल =हर्क गुरुङ, माइक्रोसफ्ट देखि बाहुनडाडा सम्म =जोन उड
खान पुगोस दिन पुगोस =भूमध्य रेखा -रबिन्द्र मिश्रका कविता =रबिन्द्र मिश्र, चिना हराएको मान्छे =हरिवंश आचार्य, सोच --खोज -मोज =म सक्छु --ALL THE BEST = कर्ण शाक्य
सेतो धर्ती =करोडौं कस्तुरी =अमर न्यापाने प्रयोगशाला =सुधिर शर्मा, कर्णाली ब्लुज =बुद्धि सागर, चक्र व्युह मा चन्द्र सुर्य =सरोज राज अधिकारी, अन्तर्मनको यात्रा -सकस =साबिती =जगदिस घिमिरे,जीवन काडा कि फूल =झमक घिमिरे,पल्पसा क्याफे =नारायण वाग्ले, 'खुशी'' ---बिजय कुमार पाण्डे
र अन्य धेरै लगभग ८०० प्रति भन्दा बढी सबैको जय होस्
<<<हो जसले जहाँ बाट जे सकिन्छ त्यही गर्नु पर्छ मैले त्यही गरेको ठुलो केही गरेको हैन-
धेरै हुनेले अलिक धेरै र थोरै हुनेले जति सकिन्छ त्यतिनै गर्ने हो तर गर्न चाहिं गरौँ ।
नबराज आचार्य
पेप्सीकोला-३५, काठमाण्डौ
हाल इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com