नेपालका ८२ प्रतिशत जवान महिला निकै खुसी : सर्वेक्षण

काठमाडौं फागुन १३,
 फोटो फाइल;

नेपालका ८१ प्रतिशत जवान महिला निकै खुसी हुने सर्वेक्षणले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०७१’ले यस्तो देखाएको हो ।

सर्वेक्षण अनुसार ८१ प्रतिशत महिलाले आफ्नो जीवनसँग सन्तुष्ट भएको बताएका थिए । यसैगरी सर्वेक्षणले १५ देखि १९ वर्ष उमेरका १९ प्रतिशत महिलाले परिवार नियोजनको साधनको प्रयोग नगर्ने गरेको देखाएको छ । साधन प्रयोग नगर्नेमा शैक्षिक स्तर उच्च रहेका महिला बढी छन् ।

यसैगरी १५ देखि ४९ वर्ष उमेर पुगेका र हालसालै विवाह गरेका ४७ प्रतिशत महिलाले परिवार नियोजनको कुनै एक आधुनिक साधन प्रयोग गर्ने गरेको देखाएको छ । २ प्रतिशत महिलाले भने गर्भ रोक्न ट्रेडिसनल (विर्य बाहिर झार्ने) बिधी अपनाउने गरेको सर्वेक्षणले देखाएको छ । २० देखि २४ वर्ष उमेरका ६ जना मध्ये एक महिलाले १८ वर्ष नपुग्दै बच्चा जन्माउने गरेको पनि सर्वेक्षणले देखाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com