डोटी, २ फागुन ,
डोटीमा एक महिलाको आफ्नै श्रीमानबाट हत्या भएको छ ।
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गाजरी–२ बस्ने ४५ बर्षीय महा कुँवरलाई प्रहरीले आइतबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
कुँवरले शनिबार राति घरायसी विवादमा ४३ बर्षीया श्रीमती गंगा देवी कुँवरलाई टाउकोमा दाउराको चिर्पटले प्रहार गरी हत्या गरेर लास घरदेखि ५ सय मिटर टाढा खेतमा लगेर फालेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । दैनिक नेपाल;