काठमाडौँ, २४ माघ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकलाई आज एक सन्देश पठाउनुहुँदै उहाँलाई पहिलो सन्तान प्राप्त भएकामा बधाई दिनुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले राजा वाङचुक र रानी तथा भुटानी जनतालाई नेपाल सरकार र जनताका तर्फबाट समेत यस सुखद घडीमा बधाई ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपतिले गत शुक्रबार जन्मनुभएका अधिराजकुमार थे ग्याल्सेलाई पनि सुखी जीवनको कामना गर्नुभएको छ । रासस