महिनौ बित्यो पर्खाइमा तर पिडितलाई उस्तैछ

 खोटाङ  माघ १८,
 
कबिराज मगर : खोटाङ जिल्ला पर्बी पहाडी जिल्ला मध्धेकै सबै भन्दा बिकट जिल्ला गनिएको जिल्ला हो ।  त्यहाका अधिकाम्स  मानिसहरु गरिबीको रेखा मुनि ७०% भन्दा माथी रहेका छन । 

बैशाख १२ गतेको महा भुकम्पले खोटाङ जिल्ला भित्र २०० भन्दा बढी घरबार बिहिन बनाएर आकाशको छहारी मुनि बस्न बाध्य बनायो भने करोडौको क्षति भयो तर राहतको बिषयलाई लिएर माथिल्लो निकाय सम्म कुरा गर्दा अवस्य मिल्छ भनेको पनि ९ महिना बिति सक्यो । 

'क; बर्गमा पर्नेलाई ५ हजार रुपैयाँ १ त्रिपाल १ कम्बल बिरण गरिएको थियो । त्यस्तै न्यूनिकरणमा सामान्यतया राहत कतिले पाए भने कतीले पर्खाइमा महिनौ बित्यो । तर अहिले सम्म राहतको कुनै शब्द पनि उच्चारण हुन छाडेको छ। राहतको के कुरा सक्नेले त घर बनाउने थिए तर अहिले सम्म घरको बनावट मापदण्ड अनुसारको कुनै पहल भएको छैन । गाउँलेहरुको गुनासो छ । 

बर्षाको समय भई सक्यो हामी कहाँ बस्ने कैले सम्म पर्खिने भन्दै बसेका गाउँलेहरु अझै सम्म घरको बारेमा केही पनि नसोचेको  श्री पृथ्वी निम्नमाध्यमिक बिधालयको प्र.अ कबिराज राईले बताउनु भएको छ। उहाँले भन्नु भयो १४ प्रमुख जिल्ला पछी हाम्रो पालो आउछ भनेर जिल्लाबाट भनेको छ उहाँले भन्नु भयो ।

तर गाउँले भने अझै प्रतिक्षामा बसेका छन । सरकारले कुनै टोली पठाई दिए चाँडै काम थालनी गर्ने बताउछन गाउँबासीहरु । समयको अभावमा छटपटाएका पिडितहरु कैले सम्म छटपटाउँछन त सरकारले मध्येनजर लगाई दियोस । समयमा घरको भुकम्प रहित मापदण्डअनुसारको नक्सा डिजाईन या त ईन्जिनियर टोली पठाई दिए सक्ने जतिले घरको छाप्रो बनाई केही राहतको महसुस गर्ने छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com