गरिबीको यस्तो कथा, पतिको काजक्रिया गर्न दुई पुत्र बन्धकी

सोमबार फागुन १०,

आर्थिक वृद्धिमा माथि चढिरहेको र विश्वको आर्थिक महाशक्ति बनिरहेको छिमेकी देश भारतमा धनी र गरीब बीचको खाडल कति गहिरो छ भन्ने कुरा एउटा घटनाले प्रष्ट पारेको छ । भारतमा तृणमूल गरीबहरुको अवस्था कत्तिको दयनीय छ भन्ने कुरा भारतको झारखण्डकी एक विधवा महिलाको नियतीले देखाएको छ ।

झारखण्डको राजधानी राँचीबाट झण्डै २१५ किमी टाढा पर्ने जैन्तगढको गोधुली गाउँको घटना हो यो । त्यहाँकी एक महिलाले आफ्नो मृत पतिको अन्तिम संस्कारका लागि आफ्ना दुइ बच्चालाई बन्धी राखेकी छिन् । मृत पतिको अन्तिम संस्कारका लागि खर्च जुटाउन उनले आफ्ना ४ छोराछोरी मध्ये २ जनालाई शाहुकोमा बन्धकी राखेकी हुन् ।

हालै बिमारीका कारण मृत्यु भएका रामु नामका व्यक्तिकी श्रीमती सावित्रीसँग मृत लोग्नेको अन्तिम संस्कार गर्न लाग्ने पैसा थिएन ।  खर्चको अभावमा लासलाई घाटसम्म पूराउन पनि सकिएन र लास घरमै रह्यो । उनलाई सहयोग गर्ने दयालु केाही निस्किएनन् । यस्तो अवस्थामा सावित्रीले मुटुमाथि ढुंगा राखेर आफ्नो दुइवटा छोरालाई छिमेकी साहुकोमा ४ हजारमा बन्धकी राख्न दिइन् ।

छोरालाई बन्धकी राखेर पाएको ४ हजार भारुले उनले लोग्नेको काजक्रिया गरिन् । पतिको काजक्रियाका लागि छोरालाई बन्धकी राख्नुपरेको यो खबरले गाउँ हुँदै सहरसम्मै सनसनी मच्चायो । कुरा पुलिस प्रशासन सम्मै पुग्यो ।

तर पुलिसले सुनेर के गर्नु ? अहिलेसम्म न त पुलिस उक्त गाउँमा गएको छ, न त सावित्रीलाई कुनै सरकारी सहयोग मिलेको छ । अहिलेसम्म पनि उनका दुइ छोरा साहुको कब्जामै छन् । सावित्रीले ४ हजार ऋण चुक्ता नगरुन्जेल दुइ छोराहरु साहुकोमै छाड्न बाध्यन हुनेछिन् यदि प्रशासनले हस्तक्षेप गरेन भने ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com