लैंगिक विभेद हटाउन भारतीय चिकित्सकको पहल, छोरी जन्मिदा निःशुल्क उपचार

बुधबार माघ २०,

भारतका एक चिकित्सक बालिका बचाउने एउटा महाअभियानमा छन् । अस्पतालमा कुनै बालिका जन्मिदा उनले निःशुल्क उपचार गर्दै आएका छन् । देशमा भएका बालिकाहरुको अवस्था सुधार गर्न आफ्नो तर्फबाट योगदान दिन उनले बालिका जन्मिदा शुल्क मिनाहा गरेका हुन् ।

छोरी भन्दा छोरालाई बढी प्राथमिकत दिने परम्परागत संस्कार तथा गर्भमा छोरी रहे भ्रुण हत्या गर्ने बढ्दो कुसंस्कारका कारण भारतका कतिपय राज्यमा छोरा र छोरीको अनुपातमा डरलाग्दो असन्तुलन देखिएको छ । लंैगिक विभेदको डरलाग्दो परिणाम स्वरुप केही राज्यमा त बिबाह गर्न केटीको अभाव भएको छ । यसकारण दुई भन्दा बढी दाजुभाईले एउटै केटीलाई दुलहीको रुपमा भित्राउने प्रवृत्ति बढ्दो छ । यस्तो अवस्थामा डा गणेशको यो प्रयास महत्वपूर्ण ठहर्याइएको छ ।

सन् १९६१ मा सात बर्षमुनिका हरेक १ हजार केटाका लागि ९ सय ६७ केटीहरु रहेका थिए । सन् २०११ को गणना अनुसार केटीको सो तथ्यांक ९ सय १४ मा झरेको थियो ।

सन् २००७ मा पश्चिम भारतको पुने सहरमा एउटा सानो अस्पताल स्थापना गरेका डा गणेशका अनुसार जब कुनै एक गर्भवती महिला उनको अस्पतालमा बच्चा जन्माउन आउँदा उनका सम्पूर्ण नातेदार छोरो पाउने आशामा अस्पतालमा ताँती लाग्ने गर्थे ।

‘कुनैपनि चिकित्सकलाई बिरामी मरेको सूचना आफन्तलाई दिनु चुनौतीपूर्ण हुन्छ । तर, मेरा लागि गर्भवती महिलाका आफन्तजनलाई महिलाले छोरी पाएको समाचार भन्न चुनौतीपूर्ण हुने गथ्र्यो,’ उनी भन्छन् ।

‘छोरा जन्मियो भने उनीहरुले चकलेट बाँड्छन र ठूलो खुसीयाली मनाउँछन् । तर, छोरी जन्मिएमा नातेदारले अस्पताल छोड्छन् । आमा धुरुधुरु रुन्छिन् र परिवारले डेलीभरी हुँदा लागेको शुल्क तिर्न किचकिच गर्छन् । उनीहरु यति निराश हुन्छन की त्यसको वर्णन गरी साध्य छैन,’ डा गणेश थप्छन् ।

‘छोरा पाउने निश्चित भएर नै डेलीभरिका लागि अस्पाताल ल्याइएको उनीहरु बताउँछन् । छोरा पाउने आशामा उनीहरुले धामीझाँक्रीले भनेका औषधी र तरिका अपनाउँछन् । छोराको आशामा अस्पतालमा नै महिलाको नाकको दुईटा प्वालमा औषधी राख्छन्,’ उनी  भन्छन् ।

भारतमा पहिचानपछिको भ्रुण हत्या यति बढेको छ कि अभियानकर्ताहरुले यसलाई वंश हत्याको संज्ञा दिएका छन् । यसलाई तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहले राष्ट्रिय लज्जा बताउँदै भारतीय छोरीलाई बचाउन एउटा अभियान नै चलाउनुपर्ने बताएका थिए ।

सन् २०१२ को जनवरी ३ मा डा. गणेशले भारतीय छोरी बचाउने एउटा अभियान नै चलाए ।
‘यदि गर्भवती हुने महिलाले कुनै छोरी पाएमा उपचार गरे बापतको शुल्क नलिने निर्णय गरे । छोरा जन्माउँदा आफन्तले रमाइलो र खुशीयाली मनाएझै कुनै महिलाले छोरी जन्माउँदा हामीले पनि अस्पातालमा नै खुशीयाली बनाउन थाल्यौं,’ डा गणेश भन्छन् ।

उनले अभियान सुरु गरेको चार वर्षपछि उनको अस्पतालमा ४ सय ६४ बालिका जन्मिएका छन् र उनले कुनै पनि अभिभावकलाई कत्ति पनि ै शुल्क लिएका छैनन् ।

‘मेरो घर नजिक पनि अधिकांश अस्पताल छन्, तर डा गणेशले कुनै शुल्क नलिने भएकोले हामी उनको अस्पतालमा आएका हौ,’ एउटा निर्माण कम्पनीमा काम गर्ने महिला अल्का खाल्से भन्छन् ।

डा गणेशको समाजसेवी भावनाबाट अहिले धेरै भारतीय प्रभावित छन् । सरकारका मन्त्री र पदाधिकारी उनको कामबाट निकै अचम्मित छन् भने वलिउड अभिनेता अमिताभ बच्चनले डा गणेशलाई वास्तविक हिरोको संज्ञा दिएका छन् ।

अहिले देशरका चिकित्सकहरुसँग छलफल गरी महिलाले छोरी जन्माउँदा निःशुल्क उपचार गर्न आग्रह गरेका छन् ।
बीबीसीको सहयोगमा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com