कम्बोडिया, फागुन १२ ,
कम्बोडिया भ्रमणका क्रममा थाईल्याण्डकी राजकुमारी महा चक्री सिरिन्धोर्नका लागि ४० हजार अमेरिकी डलरको लागतमा शौचालय बनाइएको छ ।
उनले दुई घण्टा समय बिताउने स्थानमा उक्त सुविधा सम्पन्न शौचालय बनाइएको भए पनि प्रयोगमा भने नआएको बताइएको छ ।
स्थानीय नेता वेन चुर्कका अनुसार राजकुमारीले शौचालय प्रयोग नै गरिनन् । बरु उनले शौचालयको तस्वीर लिएकी छन् ।
उनी उत्तरपूर्वी कम्बोडियाको यइक लोममा पुग्दा उनको सत्कारमा ठूलै तामझाम देखाइएको थियो । सोही क्रममा उक्त लक्जरी शौचालय बनाइएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय संचारमाध्यमका अनुसार सो क्षेत्रका बासिन्दा निकै पिछडिएका छन् भने उनीहरु अझै खुला स्थानमा शौच गर्दै आएका छन् ।
राजकुमारी सो क्षेत्रको भ्रमणबाट फर्किसकेकी छन् भने अहिले सो शौचालय घरलाई सुरक्षा चौकीमा परिणत गरिएको छ । एजेन्सी;