सेल्फी खिच्दा ज्यान गयो

चितवन, १६ फागुन ,

सेल्फी खिच्ने क्रममा चितवनको भरतपुर उपमहानगरपालिकास्थित नारायणी नदीमा दुई युवती डुबेका छन् । आइतबार दिउँसो डुबेका दुईमध्ये एकको उद्दार गरिएको छ ।

दिउँसो १ बजेदेखि अर्की युवती बेपत्ता छिन । अरुणा कलेजमा अध्ययनरत नवलपरासीको गैंडाकोट १६ बस्ने १८ वर्षीया नम्रता सापकोटा र सोही ठाउँकी उनकी साथी विस्मिता ज्ञवाली नदीमा डुबेका थिए ।

स्थानीय प्रहरीका अनुसार बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट नम्रतालाई सकुशल उद्धार गर्न सफल भए पनि विस्मिता भेटिइनन् । बेपत्ता युवतीको खोजतलास जारी छ । दैनिकनेपाल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com