चितवनको एक विद्यालयले यहाँ 'ध्यान शिक्ष' सुरु

रत्ननगर (चितवन) माघ १८,

विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र गुरुले ध्यान गरेको त थाहा छ। तर विद्यार्थीले ध्यान गरेको कमैलाई थाहा होला। त्यसमाथि विद्यालयमै ध्यान गर्ने गरिन्छ भन्दा नौलो लाग्न सक्छ। तर अब चितवनको एउटा विद्यालयले यहाँ 'ध्यान शिक्ष' सुरु गरेको छ ।

विद्यार्थीको क्षमता बढाउने र उनीहरुलाई फुर्तिलो पार्न विद्यालयमा विद्यार्थीलाई दैनिक ध्यान गराउन थालिएको हो। यसरी ध्यान शिक्षा दिने विद्यालय भने चितवनको खैरहनीमा रहेको सैनिक आवासीय महाविद्यालय हो।

महाविद्यालयका ध्यान शिक्षक भिष्मनाथ तिवारीले विद्यालयमा नियमित ध्यान शिक्षा सुरु भएको जानकारी दिए। विज्ञानले समेत पुष्टि गरेको र ध्यानका कारण विद्यार्थीहरुको स्मरण शक्तिसमेत वृद्धि भएको पुष्टि भएकाले यो अभ्यास विद्यालयमा थालिएको शिक्षक तिवारीले बताए।

यही शैक्षिक सत्रबाट सुरु भएको ध्यान शिक्षामा अहिलेसम्म दुईसय जना सहभागी भइसकेका छन् । कक्षा ८ मा विद्यार्थी राजीव महत्तोलाई ध्यानमा बसेपछि स्मरण शक्ति बढेको महसुस भयो। पहिले परीक्षामा आत्तिने, डर लाग्ने, सानो गल्ती मात्रै भएपनि डराउने स्वभावमा परिवर्तन आएको पनि उनले बताए।

महर्षि महेश योगीले प्रतिपादन गरेको यो ध्यान अभ्यास सुरुमा ७ दिनको हुन्छ। अभ्यासका क्रममा ध्वनिको माध्यमबाट १५ देखि २० मिनेट विद्यार्थीलाई ध्यानमा सहभागी गराउने र मन एकाग्र पार्ने कोसिस हुन्छ।

नेपाल ऋषि महर्षि वैदिक फाउण्डेसनको अनुमतिमा महाविद्यालयले ध्यान शिक्षा थालेको हो। नेपालका ८ वटा सैनिक आवासीय महाविद्यालयले यो अभ्यास थालेको छ। यस्तै काठमाडौँ, दाङ लगायत तीनवटा विद्यालयले पनि अभ्यास सुरु गरेको जनाइएको छ। नेपालमा जम्म ११ वटा कुलमा यो अभ्यास थालिएको तिवारीले जानकारी दिए।

चितवनको खैरहनीस्थित सैनिक आवासीय महाविद्यालयले विद्यार्थीलाई प्रशिक्षण दिएपछि अहिले पहिलो र दोस्रो घण्टीको बीचमा र अन्तिम घण्टीमा नियमित १०-१५ मिनेट ध्यान शिक्षा दिने गरिन्छ। अहिले यहाँका ८ कक्षाका ८० जना र अन्य कक्षाका १११ जना विद्यार्थीले शिक्षा लिएका छन्।

उनीहरुले नियमित रुपमा ध्यान गर्न थालेको थालेका छन्। व्यावहारिक शिक्षामा जोड दिँदै आएको यो विद्यालयले यो वर्षदेखि पूर्ण डिजिटल कक्षा सञ्चालनको तयारी समेत गरेको प्राचार्य विमल कुमार क्षेत्रीले जानकारी दिए। रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com