अधुरै रह्यो त्यो बाचा, एयरहोस्टेज रमाले आमासँग गरेको (भिडियोसहित)

 काठमाडौं, १२ फागुन,

बुधबार विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा २३ जनाले ज्यान गुमाए ।

त्यसमा चालक दलका दुई सदस्यसहित एयरहोस्टेज रमा राउत पनि परिन् । काठमाडौंको कुलेश्वरी रमा घरकी एक्ली छोरी थिइन् । उनका एक दाई, एक भाई र ५० वर्षीय आमा मात्रै छिन् ।

उनका बुवाको केही समय अघि नै निधन भइसकेको छ । उनी तारा एयरमा तीन वर्षदेखि एयरहोस्टेज अर्थात परिचारिका पदमा कार्यरत थिइन् ।

उनले आफ्नो आमालाई जहाजमा घुमाउन गरेकी थिइन् । तर, त्यो वाचा पुरा नगरीकनै उनले आज यो संसारबाट विदा लिइन् । छोरी दुर्घटनामा परेको खबर सुनेर आमा वेहोस छिन् ।

रमा गत सोमबार काठमाडौंबाट पोखरा गएकी थिइन् । उनले मंगलबार साँझ आमालाई फोन गरेर ‘भोलि जोमसोम जाने’ कुरा गरेकी थिइन् । दाजुभाइसँग भने सोमबार घरबाट विदा भएर जाने बेला मात्र भेटेकी थिइन् । _दैनिक नेपाल;

=== हेर्नुस् संक्षिप्त भिडियोः

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com