निरन्तर साधनाले स्थापित गायिका शिला राईको लोकप्रियता बढ्दै

शुक्रबार माघ २२,

मोहन राई "परदेशी" : करिब १२ वर्ष अघि गायिका बन्ने सपना संगालेर जन्मस्थल धनकुटाबाट सुनसरीको तराई झरेकी शिला राई अन्तत: पुर्वमा स्थापित गायिका बनेकी छिन ।

२०६० सालमा धनकुटाको चुङ्ममाङबाट ईटहरी झरेर गायिका बन्ने सपना पूरा गर्न उनले भोला राईलाई गुरु थापिन र उनीसंगै शास्त्रीय संगितको ज्ञान हासिल गरिन । संगित प्रतिको उत्कर्ष अभिरुचीका कारण छोटो समयमै गुरु भोला राईबाट उनले यथेष्ट शिक्षा हासिल गरिन । त्यतिबेला मोफसलका श्रोत , दर्शकले स्थानीय कलाकारलाई हेर्ने दृष्टिकोण भिन्न थियो । मोफसलका कलाकारलाई कलाकार नै नमान्ने सोचका कारण स्थानीय स्तरमा हुने सांगीतिक उत्सवहरुमा उनले सित्तैमा गाउँछु भन्दा पनि अवसर नपाएको बताउँछिन । त्यही हेय व्यवहारबाट उनलाई सांगीतिक क्षेत्रमा अगाडि बढ्न उत्साह मिल्यो । केही गर्छु भन्ने ईख पलायो र उनी काठमाडौ छिरिन ।

भर्खरै पहाडबाट तराई झरेकी , उसमाथि छोटो समयावधिमै स्थानतरण भएर राजधानीमा स्थापित हुनु उनकालागी सहज थिएन । नौलो परिवेशमा घुलमिल भएर स्थापित बन्न उनले निक्कै हण्डर खानु पर्‍यो । अनेकन दु:ख , पीडा सहँदै उनले सांगीतिक यात्रालाई निरन्तरता दिई राखिन । आज पनि उनी ती दिनहरु झलझली सम्झिन्छिन ।

निरन्तरको साधना र त्यागको फलस्वरुप उनले २०६८ सालमा ६ वटा गित समावेश गरेर पहिलो एल्बम 'कस्तो मन' बजारमा ल्याईन । एल्बममा निकै मेहनत गरेको भएतापनी बजार प्रवर्द्धनमा मेहनत गर्न नपाउँदा उनी सतहमा आउन सकिनन । यद्यपि उनले हरेश खाईनन सहि समयको प्रतीक्षा गर्दै उनले सांगीतिक यात्रालाई निरन्तरता दिई राखिन । त्यसैको फलस्वरूप अहिले उनले दोस्रो एल्बम 'प्रेम' सार्वजनिक गरेकी छिन ।

हालै सार्वजनिक भएको उनको पछिल्लो एल्बम 'प्रेम' ले अहिले लोकप्रियताको शिखर चढ्दैछ । एल्बम भित्र समाविष्ट ठेट किराँती मिथकमा आधरित गित 'थुन्चेको भारी बिसाउदै चिन्डोको बिर्को खोलन' पुर्वीय लोकलयमा आधारित छ । जसले मिडियामा निकै राम्रो स्थान पाईरहेको छ । यो गितलाई श्रोताहरुले समेत निकै रुचाएको उनी बताउँछिन । चाँडै नै यस गितको म्युजिक भिडियो निर्माण गर्ने उनले बताईन ।

त्यसो त सोही एल्बम भित्रको अर्को गित 'मुटु भरी माया साँचे तीर बनि आयौ' को पनि चर्चा परिचर्चा कम भएको भने होईन । यो गितको त म्युजिक भिडियो समेत बजारमा आईसकेको छ । मायाप्रेममा हुने मिलन बिछोडको भाव बोकेको यो गित युट्युबमा निक्कै रुचाईएको छ । मिडिया कभरेज समेत राम्रै छ । साथै श्रोता दर्शकबाट समेत राम्रो प्रतिक्रिया पाईरहेको उनि बताउँछिन ।

अन्तरमनबाटै जागृत भएको ईच्छाशक्तीलाई जस्तोसुकै बाधा व्यवधान आएपनि छेक्न नसक्ने उनी बताउँछिन । सांगीतिक क्षेत्रमा लाग्न उनको परिवारबाट उनलाई कहिले समर्थन मिलेन । न त सहयोग नै , यद्यपि दृढ ईच्छाशक्ती र तपस्याले उनलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गराई छाड्यो । अहिले बजारमा उनको माग निक्कै छ । हिजो मोफसलको कलाकार भनेर नगन्ने समाज नै अहिले उनको फ्यान भएको छ । हरेक सांगीतिक उत्सवहरुमा उनलाई आमन्त्रण गर्ने गरिन्छ । भ्याएसम्म सबैको आमन्त्रण स्विकार्ने उनको भनाई छ ।

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र विकृत बन्दै गएको बेला उनि भने विशुद्द नेपाली भाषा , शैलि र संस्कृति झल्कने गितसंगितमा समेत लागिपरेकी छिन । उनको यस्तो सह्रानिय कार्यको जत्तिनै प्रसंसा गरेपनी अपुर्ण हुन्छ । उनको आगामी सांगीतिक यात्रा अझ सफल रहोस , शुभकामना !!!
भिडियो हेर्नुहोस्

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com