सरस्वती पूजामा भएका कहिले भुल्न नसक्ने अविस्मरणीय क्षण

विजय थापा ,वाशिंगटन डिसी 

पहिलो ,सरस्वती पुजामा दुई परम मित्र गुमाएको दुखद क्षण कहिले भुल्न नसकिने भयो l सरस्वती पुजाको मुर्ति सेलाउन सुनसरी धरानबाट चतरा नहरमा जादा र साथीहरुलाई पौडी खेल्न नआउदा सदाको लागि गुमाएको दिनले सती रहन्छ l सरस्वती पूजा नेपालमा आज र अमेरिकामा समयको फरकले गर्दा भोलि परेकोले फेरी उनीहरु सम्झन पुगे l

त्यो अबिश्वश्नीय घटनाको चोट सबैमा नराम्रो लाग्यो l धरानबासि रोएका थिए l मैले मेरा मृत भैं सकेका मित्रहरु स्व :राज कुमार रसाईली र स्व : होम कुमार बस्नेतलाई सम्झे l  नराम्रो लाग्यो किनभने सरस्वतीको मुर्ति सेलाउन जादा अकालमा यमराज कठोर भैं सदाको लागि माथि लगे l 

रसाईली कक्षाका प्रथम बिद्यार्थी थिए र अति राम्रो अक्षर थियो र होम कुमार बस्नेत मेरो अति मिल्ने साथी थिए l सप्तकोशीबाट ल्याईएको एउटा नहर र जसको एउटा भंगालोको तेज र रफ्तार उनीहरुले थाहा पाउन सकेनन l कहिले पौडी नखेलेको १३-१४ वर्षका किसोरहरु पौडी खेल जोसिएर हाम फाले l भुमरीले तानेको तानै गरि दुईको ज्यान लग्यो l

होम कुमार बस्नेत उनि धरानको छाता चोकमा आमा बुवाले तरकारीको बेच बिखन गर्ने गर्नु हुन्थ्यो l पैसा गोजीमा ५-७ रुपैया टुट्दैन थियो l हामी दिनमा ३ पटक जसरि पनि भेट्ने गरेका थियौ l मलाई ३ बर्ष सम्म लगातार  बिद्यालय गएको दिन जहिले पनि मध्यान्तरमा २ वटा समोसा र चिया खुवाउथे किनभने म संग पैसा हुदैन थियो l उनि संग टुट्दैन थियो l संयोगबस मेरा अर्का साथी सरस्वती सेलाउन बिद्यालय पुग्दा गाडी चतरा गएकोले उनि बाल बाल बचे र उनि अहिले अमेरिकामा छन् l केहि समय अगाडी भेट हुदा यो कुरा गरेका थियौ l

दोश्रो ,अर्को घटना बिराटनगरमा भएको हो l आफु बिराटनगरमा बसाई भएको समयमा सरस्वती पूजामा उत्ताउलो गीत बजाएको सुन्दा अचम्बित हुनु पर्यो l

बसन्त पंचमीमा भारतीय चलचित्रका नायक गोविन्दा र नायिका करिश्मा कपुरको १९९४ मा चर्चित हिन्दि चलचित्र खुद्दारको गीत सेक्सी ,सेक्सी ,सेक्सी लोग बोले ,हाये सेक्सी हेल्लो सेक्सी क्यु बोले …….गीत सुन्दा लज्जित हुन् पर्यो l अत्यन्तै विवाद परे पछि उक्त गीतको बोल सेक्सीको सट्टा बेबी ..बेबी बनाईएको थियो l उक्त गीत अलिशा चिनाई र अनु मालिकले गाएका थिए l

यो गीत एउटा सरस्वती पूजामा सुनेको भने अर्को स्थानमा जादा दोनो आँख मारु तो छोरि पट जाए भन्ने जितेन्द्र र श्रीदेवीको १९८४ मा हिन्दि चलचित्र तोहाफाको सुने l त्यस्तै गरि त्यो बेलामा अत्यन्तै चर्चित गीतहरु जिन्दगि को के भरोसा ,बस सुन्दरी ठण्डी महिना जाडो छ, अच्छा लेकिन ,नेपाली माया चाहिन्छ आदि सुन्दा गलत ठाउँमा त झुक्किएर गएको हैन भनि सुनिस्चित गर्नु पर्यो l

सरस्वती पुजामा गएको हो कि चलचित्र हेर्न गएको छुट्याउन गार्हो भो l सरस्वती पुजामा गएको हो कि प्रतक्ष्य प्रसारण हेर्न गएको हो ,अलमल परिने भो l

अब त सरस्वती पूजामा अब त मुन्नी भई बद्नाम हुई डारलिंग तेरे लिए भन्ने गीत घन्किनु कुनै त सामान्य हुने भो जस्तो लागेको छ l

बसन्त पञ्चमीको दिन बिराटनगरको सरस्वती थानमा सेक्सी ,सेक्सी ,सेक्सी लोग बोले गीत सुन्नु परेको घटनाले निक्कै काल सम्म निक्कै असहज महसुस गराईदियो l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com