सुमन घिमिरे
मोरङ, १० फागुन ,
आफ्नै श्रीमतीलाई बोक्सीको आरोपमा कुटपिट गरी मलमूत्र खुवाउने प्रयास गरेको आरोपमा श्रीमानसहित प्रहरीले परिवारका चार जना सदस्यलाई पक्राउ गरेको छ ।
मोरङको होक्लाबारी – २ मा आफ्नै श्रीमती तथा बुहारीलाई कुटपिट गर्ने छत्रबहादुर भण्डारी, रोशन भण्डारी, मन्दिका भण्डारी र जानुका कोइरालालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अभिचन्द्र रिजालले बताउनुभयो ।
परिवारका सदस्यले धामीझाँक्री लगाएर बोक्सी प्रमाणित गर्न खोज्दै मलमूत्र खुवाउने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय रंगेलीमा पीडित यशोदा डोटेल भण्डारीले जाहेरी दिएकाले उनीहरुलाइ पक्राउ गरिएको हो । मन्दिका र जानुकालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको छ ।
स्थानीय जानुका कोइरालाले सुनसरीको इटहरीबाट झाँक्री ल्याएर टुनामुना गरेको भन्दै पीडितलाई मलमुत्र खुवाउने सामूहिक प्रयास गरेको उजुरीमा उल्लेख छ ।दैनिक नेपाल;