गर्भवती र सुत्केरी महिलालाई सहयोग गर्न आकस्मिक कोष

बेनी माघ १९,

म्याग्दीका विभिन्न गाउँमा गर्भवती र सुत्केरी महिलालाई सहयोग गर्न आकस्मिक कोष स्थापना गरिएको छ ।
बेनी नगरपालिका बगरफाँटको ‘प्रगतिशील आमा समूह’, गौश्वाराको ‘राधाकृष्ण आमा समूह’, शिखको ‘गोसे बराहा आमा समूह’, कुहूको ‘माईथान डडुवा आमा समूह’ र भकिम्लीको ‘देउराली आमा समूह’ मा आवद्ध महिलाले आकस्मिक कोष स्थापना गरेका हुन् ।

गर्भ र सुत्केरी अवस्थामा आर्थिक अभावमा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न कोषको स्थापना गरिएको प्रगतिशील आमा समूहकी सचिव सावित्री शाहले बताइन ।

कोषमा आमा समूहका सदस्यबाट प्रतिव्यक्ति मासिक रु ५० सङ्कलन गर्ने गरिएको छ । “गाउँमा गर्भवती र सुत्केरी महिलालाई मासिक भेला बोलाई उनीहरुको स्वास्थ्य अवस्था, सुरक्षित मातृत्व र मातृशिशु स्याहारका विषयमा छलफल हुन्छ”, शिखको ‘गोसे बराहा आमा समूह’की अध्यक्ष नौमाया मगरले भनिन् ।

कोषको रकम आर्थिक अभावमा प्रसूति सेवा र पौष्टिक आहारको उपभोग गर्न नसक्नेलाई उपलब्ध गराइने निर्णय भएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com