माटो खन्न रोक्नुपर्ने स्थानीयवासीको माग

रत्ननगर,चितवन २२ माघ ,

शिशिर सिंखडा : पूर्वी चितवनको कालिका नगरपालिका ६ खोलेसिमल बजारका वासिन्दाहरुले चुरे क्षेत्र अन्र्तगतको माटो खनेर विक्री गर्ने कार्य रोक्नुपर्ने माग गरेका छन ।

कालिका नगरपालिका ५ गैंडेखोलाको ऐलानी जग्गा र वडा नं.४ न्यूरेनी क्षेत्रवाट माटो खनेर रत्ननगर क्षेत्रको इटटा भटटामा लाने गरेको पाईएको छ । दैनिक ४० वटा भन्दा बढि ट्याक्टरले माटो वोक्ने गर्दा चुरे क्षेत्र दहन भएको,वातावरण दुषित भएको एवम् दुर्घटना बढेको भन्दै स्थानीय वासीले चितवनका स्थानीय विकास अधिकारी समक्ष आज शुक्रवार ज्ञापनपत्र बुझाएका छन । खोलेसिमल बजार व्यवस्थापन समितिको अगुवाईमा हस्ताक्षर संकलन गरी स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेललाई ज्ञापनपत्र बुझाईएको समितिका अध्यक्ष हरि भण्डारीले बताए ।

स्थानीय क्षेत्रमा जथाभावि माटो खनेर लैजादा भिरालो जमिनमा पहिरोको जोखिम बढेको छ भने दैनिक १५÷२० पटक ४० भन्दा बढि ट्याक्टर आवातजावत गर्दा ग्रामिण सडकको अबस्था कमजोर भएको छ भण्डारीले भने । माटो वोक्ने क्रममा स्थानीय तहमा तीनवटा ठुलो सवारी दुर्घटना समेत भएको स्थानीय पत्रकार राधेश्याम खतिवडाले बताए ।

राष्टपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत यस क्षेत्रको कुनै पनि ठाँउमा माटो,ढुंगा,वालुवा,गिटटी लगायतका सामाग्री निकाल्न नपाईने भएपनि रत्ननगरको विकास इटटा उद्योगले विगत २ महिना देखि माटो खनेर ल्याई रहेको छ ।

पटक पटक मौखिक रुपमा सथानीय विकास अधिकारीलाई जानकारी गराउदा माटो वोक्ने काम नरोकिएकोले लिखित रुपमै ज्ञापनपत्र बुझाईएको अध्यक्ष भण्डारीले बताए । ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी पोखरेलले छिटो भन्दा छिटो माटो वोक्ने काममा रोक लगाउने प्रतिबद्धता जनाएका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com