अमेरिकामा साहित्यकार शकुन्तला ज्ञवालीका 'पालुवा र मन्जरी' लोकार्पण

डिसी माघ २०,

साहित्यकार तथा कवियत्री शकुन्तला ज्ञवालीद्वारा रचिएका कविताहरुको संग्रह “पालुवा र मन्जरी” अमेरिकाको न्युयोर्कमा भव्य कार्यक्रमका बिच लोकार्पण गरियो । लोकार्पित पुस्तकका प्रकाशक समेत रहेका अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क शाखाको आयोजनामा  'पालुवा र मन्जरी' लोकार्पण" सफलता पूर्वक सम्पन्न भएको छ l

कार्यक्रमका प्रमुख अतिथी न्यूयोर्कका महाबाणिज्यदूत नारायण मैनाली रहनु भएको थियो l यसै गरि विशेष अतिथीहरुमा उप-बाणिज्यदूत प्रबिण भट्टराई;वरिष्ठ नाट्यकर्मी तथा प्राज्ञ हरिबहादुर थापा;अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष गीता खत्री;साहित्यकार ज्योति पौडेलले बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो l

यसै गरि अतिथीहरुमा डा.तारा निरौला;डा.बिष्णुमाया परियार;संजय थापा;बिनोद रोक्का;पूनम काफ्ले; कमला प्रसाई; लक्ष्मी श्रेष्ठ;धनीराम सापकोटा;पुन्डरी अर्याल;मनु लोहारुङ राई;दिवाकर ज्ञवाली;ज्योतिकुमार श्रेष्ठ; कृष्ण पोख्रेल;गीता पन्थ;कृष्ण बिष्टले विमोचित कृतिका सर्जक शकुन्तला ज्ञवालीलाई बधाई तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।

न्यूयोर्कका पंचकन्याहरु (सिमरन;दिलाष्मा;सीताष्मा;क्रिष्टल;श्रीनीति)द्वारा नेपाली राष्ट्रगान गाएर शुभारम्भ गरिएको सो कार्यक्रममा विशेष अतिथी बाणिज्यदूत एवं साहित्यकार कृसु क्षेत्रीले कविता संग्रह “पालुवा र मन्जरी” को बारेमा समीक्षा गर्नु भएको थियो ।

पुस्तक लोकार्पण" पश्च्यात साहित्यकार तथा कवियत्री  शकुन्तला ज्ञवालीले प्रेरणा कि श्रोत रहेकी प्राज्ञ हरि देवी कोइरालाको गुणलाई जीवन भर नभुल्ने बताईन l  र साहित्यको फाँटमा वहाले दिएको मार्ग दर्शन प्रति ज्यादै प्रभावित भएको बताउदै अमेरिका आएको ४-५ बर्ष मै यति गर्न सकेकोमा हर्ष लागेको बताईन l

मन्तब्य कै क्रममा कवियत्री ज्ञवालीले जन्म दिने बुवा आमा ,कर्म दिने बुवा आमाको साथै बिशेष पतिलाई कृतज्ञता ज्ञापन गरिन l आफुले जीवनमा ठुलो सम्मान पाएकोले अझ आफुले निरन्तर कलम चलाउनु पर्ने तथा अझ जिम्मेबार बढेको अनुभूति भएको बताइन l लोकार्पण" साहित्य कार्यक्रममा ठुलो जमात उपस्थिति भएको देखियो भने सहभागी हुन् आउनेले उभिने स्थान समेत नपाएर फर्कनु परेको थियो l

लामो समय देखि साहित्य सिर्जनशीलताका बिविध बिद्यामा सकृय शकुन ज्ञवालीले अनगिन्ती पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ भने एक दर्जन लोकभाका र तीजका गीती एल्बम पनि प्रकाशित भै सकेको छ । 

अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा संचालन गरिएको सो कार्यक्रम च्याप्टरका निवर्तमान अध्यक्ष बिकाश बिष्टले उदघोषण गर्नु भएको थियो । उल्लेख्य संख्यामा साहित्यसर्जक; साहित्यप्रेमी;समाजसेवीहरुको उपस्थिती रहेको सो कार्यक्रममा सहभागी महानुभावहरुले “पालुवा र मन्जरी” का सर्जक शकुन्तला ज्ञवालीलाइ दोसल्ला;खादा;र पुष्पगुच्छाले सम्मान गर्नु भएको थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com