डिजिटल युग र गोपनियता भ्रम सामाजिक संजालमा

समय गतिशील छ तर धेरै भएको छैन प्रविधिमा पौडिन थालेको ।
यहि परिबर्तन र डिजिटल प्रबिधिले फड्को मारेको सम्झन्छु आज भन्दा ५/६ साल पहिले इजरायल बाट नेपालमा घर परिवारलाइ सम्पर्क गर्दा कार्ड किनेर घन्टौ लाइन मा बसेरकुरा गर्नु पर्दथ्यो । प्रविधिले दिएको सुविधामा रमाउन थालेपछि कति चाडै आज ती दुखद दिनहरु छाँयामा पर्दैछन् ।

हो समय सगै हामी पनि प्रबिधि सँग नजिक हुनुपर्छ । सकिन्छ भने उपयोग पनि गर्नु पर्छ । जान्नु पर्छ ती सबै मानबले मानबको लागि बनाएका चिज हुन् । तर यति भन्दै गर्दा हिजो यस्तो थिएन भन्न खोजेको चाहिं हैन पक्कै हिजो एउटा विश्वास थियो, मान्छेमा इमान्दारिता थियो , मान्छे कानुन सँग डराउथे केहि काम गर्नु भन्दा पहिले २/३ पटक सोचेर काम गर्थे र त्यो भरपर्दो पनि थियो दिगो थियो।

समयसँगै मान्छे पनि परिबर्तन हुनुपर्छ ।
आज हामी सामाजिक संजालहरुमा घन्टौ समय बिताउने गर्दछौ । हो यो एउटा पाटो राम्रो छ जे खोजो त्यो भेटिन्छ सहज पनि भएको छ तर हिजो हामी घर परिवार अनि सारा संसारको आफुलाई चाहिएको बेला दिमागमा सबै चिज सम्झना हुने गर्थे तर आज ती क्षीण हुँदै गएकोछ किनकी हामी जे कुरा पनि सजिलो खोज्छौं । बटन थिच्दा तुरुन्त पाइयोस् । अहिले प्रविधिका कारण यो केहि हदसम्म पाएका पनि छौं तर यसैको अर्को पक्ष यसले हामीलाई अल्छे बनाउँदै छ । मानौं लेख्ने, सम्झिने आदि , कुरामा ह्रास आइरहेको छ हाम्रो दिमागमा । सामान्य उदाहरण लिउ; हिजो हामी परिवार, नाता-सम्बन्धि र साथीभाइको फोन नम्बर सम्झिन्थ्यौं तर आज आफ्नै फोन नम्बर याद हुँदैन ।यो, यहीं प्रबिधिले दिएको सुबिधाको नकारात्मक पाटो हो ।

हो प्रबिधिको विकासले धेरै कुराहरुमा हामीलाई सहज भएको छ । जीवन जिउने सैली देखि मृत्यु प्राप्त गर्ने उपयासम्म तर उत्तिकै त्यसका ह्रास ल्याउने पक्षहरु छन् जसलाई चिन्नु आबस्यक छ ।

अहिले चल्ती-फिर्ती सामाजिक संजालकै कुरा गरौं ! चाहेको मान्छे वा मन परेको मान्छे सँग तुरुन्त भेट गर्न, बातचित गर्न सकिन्छ, जुनसुकै समयमा पनि । र, यतिभन्दा भन्दै हामी के भुल्चौ भने देखेको सबै राम्रा हुदैनन् ती सँग आफै प्रत्यक्ष भिज्नु पर्छ भनि गुहार गर्ने गर्दछौ । अहिले अनेकन घटना समाजमा घट्दै छ तपाई हामी सबै को अगाडी । एउटा घटना; क्यानाडाका एक मान्छेले यहीं सामाजिक संजाल मार्फत एक नेपाली युवति सँग प्रेममा परि आफ्ना सबै कुरा आदानप्रदान गरेर बिस्वसका साथ् उसले सारा सम्पति केटि लाइ दिए कुरो बिहे गर्नेमा पुगेपछि केटीले बहाना बनाउन थालिन र बेपत्ता भइन ।धोका पाएको भन्दै ती क्यानेडियन युवक अहिले प्रहरी प्रशासनमा हार गुहार गरिहरेका छन्।

<,हो प्रबिधि उपयोग नगर्ने भनेको हैन तर गोपनियता भंग गर्नु भएन जसले गर्दा समस्यामा आफैं फस्न सकिन्छ । आज हामी कसैको मानहानि गर्नु परे पनि कसै सँग रिस उठे पनि अनि केहि भए तुरुन्त सामाजिक संजाल प्रयोग गर्दछौ ।

पछिको कुरा केहि सोच्दैनम-
‘पहिलो कुरा, हामीलाई थाहा छैन हल्ला कसरी संसार भर फैलिन्छ अनि त्यसको व्यवस्थापन कसरी गर्ने। सामाजिक सञ्जालमा मानिसका रिस आवेग सँग मिल्ने किसिमले हल्ला गर्दै गर्दा त्यो हल्लाले मान्छे आफै भित्र भित्र जल्न थाल्दछ अनि नानाभाती भन्न पछि पर्दैनम -अनि बर्सायाम मा उम्रेका च्याउ जस्तै धेरै अनलाइन खबर मार्फत{अपबादलाइ छोडेर} धेरै मान्छे सम्म पुग्छ अनि तुरन्तै झगडा शुरु हुन्छ| हामी बिर्सन्छौं, स्क्रिन पछाडि भगवानको कुनै अवतार होइन वास्ताविक मानिस हुन्छन्। सबैभन्दा महत्वपूर्ण कुरा आज हामी सामाजिक सञ्जालमा आफ्नो कुरा राख्न सुन्न,भन्दा पनि गहन बोक्रे टिप्पणी गर्न उद्दत हुन्छौं। हामी एक आपसमा कुरा गर्दा अर्काका बारेमा कुरा काट्छौ हामीले जानेको कुरा सेयर गर्दीनम यहाँ हामी चुक्दै जादै छम ।

एउटा गज्जब के छ भने जब जब मान्छे धेरै भन्दा धेरै समाजिक संजाल मा बस्छ उसको दिमाग ले अनगिन्ति सरिरका कोसीका नस्ट गर्दै जान्छ , सरिरमा बिभिन्न रोग निस्किन्छ , शारीरिक रुपमा नियमित कसरत हुदैन उसमा अल्छीपना बढ्छ । जतिखेर पनि कम्प्युटर, ल्यापटप, आइप्याड र फोन आदिको प्रयोगले हामी लेख्न, सम्झिन भुल्दै गैरहेका छौं । प्रविधिले दिएको यी सर्वसुलभ सुबिधा हामी आफुलाई हावी हुन नदिउँ । सबै कुराको उपयोग गरौँ तर त्यसको नकारात्मक प्रभाव बारे पनि समयमै ध्यान दिउँ ।

चिन्दै नचिने का मान्छेलाइ झ्वाट्ट साथी बनाउदा सोसल मिडियामा धेरै नकारात्मकता बढी हुन थालेको छ उसलाई चिन्नु जान्नु केहि छैन उसका कुराबाट नै आफुलाइ टाढा रहन बाध्य हुनु पर्नेअबस्था आउदै छ । सकारात्मक कुराको चर्चा भएन जेमा पनि, जहिले पनि खोट लगाउने काम मात्र भयो । सोसल मिडिया प्रयोग गर्ने हामी गाली फ्यालेर ताली बटुल्न थालिम तर कहिले सम्म।यस्तो नकारात्मकताले सृजनशीलतालाई खियाउँछ । समाजमा नकारात्मक सोच हावी हुन्छ । राम्रो काम गर्नेले आवश्यक प्रेरणा पाउँदैन । आदि आदि.. !

झट्ट सुन्दा कुरो गलत हैन । सकारात्मकताको वकालत गर्ने केही मित्रहरूका टिप्पणीले मलाई पनि कहिलेकाहीँ झस्काएका छन् । 'म कतै नकारात्मकताको रोगबाट ग्रसित त छैन' भन्ने शंका पनि मनमा घरिघरि नउब्जेको हैन । तर, जब म यस विषयलाई गहिरो रूपमा सोच्न खोज्छु तब मलाई नकारात्मक सोचका बारेमा सोसल मिडियामा हुने गरेका धेरैजसो टिप्पणी गलत लाग्छन् । आज केही समय लिएर थोरै मनमा लागेको कुरा टिप्पणी मात्र गएको हु कसै सग मेल खायामा संयोग मात्र हुने छ ।

एउटा साइकलका दुई पांग्रा भए झैं हरेक कुराको पक्ष र बिपक्षा हुन्छ । यदि यस जगतमा राम्रै मात्र हुँदो हो त् समाज कस्तो हुन्थ्यो होला ? सम्झनछु । संसारमा राम्रो नराम्रो सबै छ अनि त संसार अडेको होला नराम्रो मात्र हुँदा पनि यो देखिएको समाज 'समाज' नभएर एक कुरूप दृष्य हुन्थ्यो होला सायद । यसर्थ, समयनुसार राम्रो र नराम्रो यी दुवै पक्षालाइ केलाउन जरुरि छ ।

मान्छे जे देख्छ त्यसलाई उ आफ्नै नजरले हेर्छ र आफ्नै ढंगले व्याख्या र विश्लेषण गर्छ । यहाँ स्पष्ट गर्न खोजेको कुरा के भने, हरेक मान्छेको हेर्ने र सोच्ने/व्याख्या गर्ने तरिका अलक हुन्छन । अन्ततः यहि अन्तर नै सकारात्मक र नकारात्मक पक्ष सँग सम्बन्ध राख्दछ ।

बिजय कुमार पाण्डे दाइ को २ लाइन सापटी लिदै गर्दा सबैकुरा लाइ आफ्नै कुरा सहि म मात्र जान्ने छु भन्ने कुरा अब भ्रम मात्र हुने छ
<<अहिले समाजमा दुई कुरा एकसाथ भइरहेका छन्। एकातिर आफूलाई जान्ने ठान्ने वर्गको सिक्का बजारमा औसत(अथवा खोटो) प्रमाणित भइरहेको छ भने अर्कोतिर हिजोसम्म ‘तल’ ठानिएका वर्गमा चेतना र उत्तेजना दुवैको स्तरमा अकल्पनीय बृद्धि भएको छ।
राति सुत्नु भन्दा आगाडी राम्रो कुरा मनन गरम राम्रो सोचाई राखम सबैको लागि राम्रो हुने छ जय होस्
नबराज आचार्य
पेप्सीकोला-३५ , काठमाण्डौ
हाल , इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com