काठमाडौं, माघ १८ ,
युरोपियन युनियनको प्रहरी अनुसन्धान विभागले युरोप पुगेका करिब १० हजार शरणार्थी बालबालिका बेपत्ता भएको जनाएको छ ।
युरोपलले हजारौं बालबालिका युरोपियन देशमा दर्ता भएपछि बेपत्ता भएको जनाएको हो । उसले बेपत्ता भएका बालबालिका र युवा यौन शोषण तथा आपराधिक समूहको शिकार बन्नसक्ने चेतावनी दिएको छ ।
सेभ द चिल्ड्रेनले गतवर्ष करिब २६ हजार बालबालिका आफ्ना परिवार विनै युरोप पुगेको जनाएको छ । युरोपोलका प्रमुखले हराएका १० हजार बालबालिकाको खोजी भइरहेको बताएका छन् ।
उनले बेपत्ता बालबालिकामाथि शोषण भइरहेको हुनसक्ने र कोही आफ्नै परिवारसँगको सम्पर्कमा पुगिसकेको समेत हुनसक्ने बताए । गत मे मा इटलीका अधिकारीहरुले शरणार्थी स्वागत केन्द्रबाट करिब ५ हजार बालबालिका बेपत्ता भएको जनाएका थिए ।
शरणार्थी मामिलासम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइओएमका प्रवक्ता लियोनार्ड डायलले यो आँकडा भयानक भएको तर अनौठो नभएको बताएका छन् । एजेन्सी;