जेनेभा, माघ १९ ,
विश्व स्वास्थ्य संगठनले जिका भाइरसको संक्रमणलाई ‘विश्वव्यापी स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । जिका भाइरसको संक्रमण रोक्न तथा यसको प्रभाव कम गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा भइरहेका प्रयासलाई तीब्रता दिनुपर्नेमा संगठनले जोड दिएको छ ।
जिका भाइरसको संक्रमण र यसबाट बच्नका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्न जेनेभामा बसेको विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठकले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गर्र्दै अन्तर्राष्ट्रिय एकीकृत प्रयासका लागि आह्वान गरेको हो ।
संगठनले यसअघि अफ्रिकी मुलुकमा फैलिएको इबोलाजस्तै जिकालाई पनि स्वास्थ्य आपतकालको घोषणा गरेको हो । यो भाइरस निकै तीब्र गतिमा फैलिरहेको भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
यही दरमा भाइरसको संक्रमण हुने हो भने एक वर्षभित्र उत्तर तथा दक्षिण अमेरिकाका ४० लाख भन्दा धेरै मानिसमा संक्रमण फैलिने खतरा छ । जिका भाइरसका कारण बालबालिकाको मस्तिष्कमा असर पर्ने गरेको छ । यसका कारण मस्तिष्क पूर्ण विकसित नभएका बालबालिका जन्मिने र उनीहरुको टाउको पनि सानो हुने गरेको छ ।
यो भाइरसका कारण ब्राजिलमा बढी प्रभाव परेको छ । त्यहाँ मानसिक रुपमा कमजोर चार हजारभन्दा धेरै बालबालिका जन्मिएका छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेपछि अब जिका भाइरसविरुद्धको अनुसन्धान तथा सहयोग प्रक्रिया फास्ट ट्रयाकबाट हुने छ ।
संगठनका महानिर्देशक मार्गरिटा चानका अनुसार जिका भाइरस असामान्य भएकाले यसविरुद्ध लड्नका लागि विश्वव्यापी रुपमा सहकार्यको खाँचो छ । जिका भाइरसका कारण गर्भमा रहेका शिशुमा बढी प्रभाव पर्ने भएकाले गर्भवती महिलाले तत्कालका लागि संक्रमित क्षेत्रको भ्रमण नगर्ने तथा संक्रमित क्षेत्रमा महिलाले चिकित्सकसँग परामर्श गर्न जरुरी रहेको उनको सुझाव छ । एजेन्सी;