टुँडिखेलमा आज मानव निर्मित बुद्धको प्रतिमा प्रदर्शन

काठमाडौं फागुन १,

काठमाडौंको टुँडिखेलमा आज मानव निर्मित भगवान गाैतम बुद्धको प्रतिमा प्रदर्शन गरिएको छ । नेपालहित विश्वमा शान्तिको कामना गर्दै कार्यक्रम गरिएको हो ।

सो अवसरमा बनाइएको प्रतिमा विश्वकै सबैभन्दा ठूलो मानव निर्मित बुद्ध मूर्ति भएको आयोजक चेयर अप नेपालको दावी छ ।

५ हजार भन्दा बढीको सहभागितामा यसअघि झण्डा बनाए जस्तै गरी मानव निर्मित बुद्धको प्रतिमा बनाइएको हो । कार्यक्रममा सहभागीहरूले प्रतिमा बनाउन प्लेकार्ड बोकेका थिए ।

बुद्धको जन्म नेपालमै भएको र बुद्ध नै शान्तिको अग्रदूत भएको सन्देश दिन पनि कार्यक्रम गरिएको चेयर अप नेपालले जनाएको छ ।  कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले पनि सहभागिता जनाएका थिए ।
अनलाइन खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com