गजल By, मानन्धर अभागी
हिजो म जसको भरमा परें
हेर आज उसैको करमा परें
भोको पेट ठीकै थ्यो माया पाको भए
खोटो यो भाग्य कस्तो घरमा परें
घरको कुरा सुनी पश्चात्ताप भो
व्यर्थै यो जिन्दगी गट्टरमा परें
हरेक रात पिएर आउँछ उ
यातना त्यो सम्झेर डरमा परें
हिजो म जसको भरमा परें
हेर आज उसैको करमा परें
मानन्धर अभागी