अझै असुरक्षित गर्भपतन

-गीता कठायत

  pregnant-woman-1024x682काठमाडौं माघ ४,

गर्भपतनलाई सरकारले कानुनी मान्यता दिएपनि असुरक्षित गर्भपतन गर्ने अझै धेरै भएको बताइएको छ । सुरक्षित गर्भपतनसम्बन्धी ६२ प्रतिशत महिलालाई जानकारी नै नभएको तथ्यांक अघि सार्दै जानकारले पनि असुरक्षित रुपमै गर्भपतन गरिरहेको एक अध्ययनमा देखिएको छ ।

सुरक्षित गर्भपतनसम्बन्धी अध्ययन, अनुसन्धान तथा कार्यक्रम गर्दै आइरहेको कृपा नामक संस्थाले गरेको ध्ययनअनुसार यस्तो देखिएको हो । नेपालका कास्की, तनहुँ, काभ्रे, भक्तपुरलगायत १३ जिल्लामा बढी गर्भपतन हुने गरेको जानकारी संस्थाका अध्यक्ष आनन्द तामाङले दिए ।

एसिया सेफ एबोर्सन पाटर्नरसिप (एसप), युथ च्याम्पियन एड्भोकेसी नेटवर्क (युथ क्यान) र मिडिया एड्भोकेसी ग्रुप (म्याग) को संयुक्त आयोजनामा आइतबार राजवधानीमा भए्को कार्यक्रममा उक्त कुरा बताइक्ब्एो हो । नेपालमा सन् २००२ देखि नै सुरक्षित गर्भपतनसम्बन्धी सेवा दिन सुरु गरेपनि यसबारे पर्याप्त जानकारी नभएकाले असुरक्षित गर्भपतन न्युन हुन नसकेको बताइन्छ ।

विभिन्न संस्कार, सामाजिक परम्पराका कारण महिलाले गर्भपतन गर्न बाध्य हुनु परेको अध्यक्ष तामाङले बताए । म्यागकी अध्यक्ष बबिता बस्नेतले महिलाको यौन तथा प्रजनन् अधिकार स्थापित नभएसम्म दिगो विकास लक्ष्य पूरा हुन नसक्ने भन्दै यसका लागि महिलालाई सुरक्षित गर्भपतनको अधिकार प्राप्तिमा मिडियाको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताइन् । सोही कुरालाई मध्यनजर गरी सञ्चारमाध्यमसँग अन्रतक्रिया कार्यक्रम गरिएको उनले जानकारी दिइन् ।

कार्यक्रममा युथ क्यानका संयोजक स्मृति थापाले गर्भपतनलाई महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको रुपमा उल्लेख गरिनुपर्ने बताइन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com