झारफुक गर्ने धामिलेनै गरे महिलाको बलात्कार

कोहलपुर पुस २२,

शरीरका रोग झारफुकबाट निको पार्ने भन्दै घरमा पुगेका एक धामीले एक विवाहित महिलालाई बलात्कार गरेका छन्। गनापुर–५ का २८ बर्षीय दुर्गेस मिश्रले २९ बर्षीय विवाहित महिलालाई बलात्कार गरेका हुन्।

झारफुक गरेर शरीरको रोग निको पार्ने भन्दै रातमा घर पुगेका मिश्रले ती महिलालाई जर्वजस्ती बलात्कार गरेका थिए। मिश्रलाई मंगलबार ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ। 

मंगलबार पीडित महिलाले प्रहरीमा बलात्कार गरेको उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।घरमा एक्लै रहेको बेला गत सोमबार राती झारफुक गर्न पुगेका उनले ती महिलामाथि जर्वजस्ती गरेका थिए। मिश्रमाथि जर्वजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com