भूत भगाउने निहुँमा किशोरीलाइ नांगै गरि बलात्कारको प्रयास गर्ने पक्राउ

भीमदत्तनगर, २९ पुस ,

आफूलाई धामीझाँक्री बताउँदै भूत भगाउने निहुँमा किशोरीमाथि बलात्कार प्रयास गर्ने एक युवक प्रहरी नियन्त्रणमा परेका छन् ।
कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१ का स्थानीय ३१ वर्षीय गणेश नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालीले सोही नगरपालिका–७ की युवतीलाई भूत लागेको र निको गरिदिने भन्दै स्याली नदी पारी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगेर बलात्कार प्रयास गरेको किशोरीका आफन्तले जानकारी दिएका छन् । “टाउँको दुख्ने, रिङ्गाटा लाग्ने भएर झाँक्रीमा पुग्यो ।” पीडित किशोरीका आफन्तले भन्नुभयो–“भूत भगाउँछु भन्दै जङ्गलमा लगेर जबर्जस्ती गर्न खोजेछ ।”

जङ्गलमा लगेर किशोरीलाई लुगा फुकाल्न लगाएर काखमा बसाएर यौन दुव्र्यवहार थालेपछि किशोरी भाग्न सफल भएकी थिइन् । उनले घरमा आफन्तसँग घटनाबारे जानकारी गराएपछि आफन्तले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा प्रहरी नियन्त्रणमा परेका नेपालीलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याइएको छ । अभियुक्त नेपालीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ ।
रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com