कथा, ''ज्वाईलाई चिट्ठी ''

सरला अर्याल, इज़रायल ;


कथा, ''ज्वाईलाई चिट्ठी ''



आदरणीय ज्वाई नमस्कार (दण्डवत ),

लामो समय पछि तिम्रो दर्सन पाए ,खुशी लाग्यो कसरी भनु बिना ख़बर तिमीलाई मेरो घरको पिढीमा टुप््लुक्क आई पुगेको देख्दा आश्चर्य लाग्यो ।  

एक छिन रिसले आफुले आफैलाई थाम्न सकेको थिइन लाग्यो यसै बेला हातमा खुकुरी भै दिएको भए छप्पै छप्काउ ठाउको ठाउमै ,त्यहा रगतको खोला बगोस अनि म यो माघ महीनाको पारीलो घाममा आगनमा गुन्द्री ओछ्याएर मस्त सुतीरहू चीर निन्द्रामा पुगु अनी मात्र न्याय पाउनेछौ ,मेरो आत्मले शान्ति पाउने छ । तर आफुले आफैलाई सम्हाल्दै तिमी संग राम्रै बोले तिमी आउनुको कारण सोध्न भ्याएकै थिइन बिगत २५ वर्षको त्यो दिन झल्यासै आखामा पर्दा खुल्यो र हरेक घट्ना परीघटनाको पाना पल्टीरहे सम्झनामा ।२५ वर्ष  भन्दा अगाडी यसै महीनाको २२ गते तिमी बाजा गाजा र दुई सय जना जन्ती लिएर टाईसुट मा चिटीक्क सजीएर बेहुलाको रुपमा आएका थियौ त्यों बेला तिमी माथी कती भरोसा थियो । 

तिमी एक सम्पन्न परिवारको छोरा ,लगनशील छौ ,पढाईमा तेज़ छौ भन्ने हल्ला जताततै थियो त्यही विश्वासले  मेरी कलकलाउदी भविष्य निर्माण गर्दै गरेकी छोरी अग्नी साक्षी राखी कन्यादान गरेको़ हुँ तिम्रो हातमा । त्यों बेला तिमीलाई छोरी मात्र दिईन ,तिमीले अनेक बाहाना बनाऊदै दाईजोको नाममा मागेका गरगहना र सर-सामान दिएर तिमीलाई ख़ुशी बनाएर पठाएको थिए । तिम्रो जस्तो इज्यत मेरो पनि थियो ,तिमीलाई के थाहा त्यही बिहेमा लागेको ऋण तिर्न नसकी मैले गैरी खेत बेच्न परेको क़ुरा । मेरो पुर्खौली सम्पत्ति धेरै थियो त्यसैले म अहीले सडकमा जानबाट जोगीए ।

मेरो बि ए पढ्दै गरेकी छोरी केही कुरामा कमी थिइन , बत्तीसै गुणले युक्त ,सुन्दरताको बयान नै गर्छन धेरैले अहीले पनि । भरखर १९ पुगेर २० टेक्दै गरेकी एक शिक्षित युवतीले वैबाहिक जीवनको कस्तो कल्पना गरेका हुन्छन , बिवाह पछिका सपना कस्ता हुन्छन यी सबैले महसूस गर्न सक्ने क़ुरा हुन सायद मेरो छोरीका पनि आफ्नै सपना थिए र आफ्नो सन्तानको उज्वल भविष्यको सपना मेरो पनि थियो । तिमीसंगको बिवाह रुपी सम्बन्धले मेरो छोरीले अध्ययनलाई स्थगित गरी तिम्रो घरमा तिम्रै बाबु-आमाको स्याहार -सुसार र घरकै हेर बिचारमा लाग्न वाध्य भै । तिमी भने तिम्रो करियरको लागी शहर बस्न थाल्यौ । 

पढ्नमा अब्बल नै थियौ र त डिग्री सक्काएर खै के प्रोजेक्ट हो त्यसैंमा जागीर खान थाल्यौ रे , त्यों बेला सम्म़ तिमी घर आउने जाने चलेकै थियो यता मेरी छोरी दुई सन्तानकी आमा बनिसकेकी थिइन ।हाँसी खुसी नै थियौ तिमीहरु ।एक्कासी हल्ला आयो ,तिमी त सगै जागीर खाने अर्कै युवतीसंग पो छौ रे । त्यस्तो़ ख़बर सुन्दा साच्चै ज़मीन भासीए जस्तो लाग्यो ,आकाश फाटे जस्तो लाग्यो ।सास रोकीए जस्तो भयों ,मुटु ठप्प अड़िए जस्तो । फेरी विस्वास पनि लागेन , विस्वास पनि कसरी गरौ दुई सन्तान हुने दिन सम्म़ तिमी दुबै जना हाँसी खुसी नै थियौ ,यती ठुलो धोका कसरी हुन सक्छ ? तर तिम्रा अनेक रुप रहेछन ,हावा नलागी पात हल्लीदैन भनेको साच्चै रहेछ । 

तिमी त उतै शहरमा बिहे गरेर एक सन्तानको बाबु पनि बनी सकेका रहेछौ ।तिमीसंग कारण खोज्यौ , हामीलाइ कुनै जबाफ दिन सकेनौ तिमीले । तिमीलाई कानुनको कठघेरामा उभ्याएर कड़ा भन्दा कड़ा कारबाही गर्न मन थियो । वकिलले कानुनको दफ़ा पल्टाउदै भनेका कानुनी बुदाले मेरो छोरीलाई न्याय दिनुको सट्टा झन सजाय दिदो रहेछ । यस्तै छ नेपालको कानुन ,न्याय पाउन कि त राजनितीमा पौच हुनु पर्छ की त पैसा पेल्न सक्नु पर्छ । म न त कसैको गोंडा मोल्न सक्ने मान्छे न त पैसा ख़र्च गर्न सक्ने ! हामी संग नभएका यी दुई हतियार बिना तिमीलाई सजायको भागीदार बनाऊन सकिएन । त्यती ठुलो अन्याय हुदा पनि चुपचाप रही तिम्रा ती दुई सन्तानलाई पालन पोषण र शिक्षा -दिक्षाको ज़िम्मेवारी पुरा गर भनेर अनुनय विनय गर्दा पनि अनेक आरोप लगाउदै तिम्रो कर्तव्यबाट टाढा रयौ ।

आख़ीर हामी निरीह बनेर टुलुटुलु हेरीरयौ अपमान सहन नसकी मेरो छोरी पुरानो धोती फाटेको पटुकी टालेको चोलीमा ढाडमा छोरा र काखमा छोरी बोकेर आखा भरी आँसु लिएर तिम्रो घरबाट बाहिरीदै मेरै घरमा फर्कीन वाध्य बनेकी थिई ।उसले ती दुई सन्तानको भविष्य निर्माणको लागी के मात्र गरीन ,अहीले देश छोडेर मुग्लान पसेको पनि १५ बर्ष भैसक्यो ।यती लामो समय सम्म़ तिम्रो अत्तोपत्तो थिएऩ ,ए अहीले तिम्रो बैनीको बिहे रहेछ ! निम्ता भन्न पो काड बोकेर आएका रहेछौ । जवाफ त तिमीलाई लौप्पा खुवाउदै मुखै भरी दिन मन थियो तर हाम्रो संस्कृती अनुसार ज्वाईलाई भगवान जस्तो मानिन्छ फेरी घरमा आउने जो कसैलाई पनि अतिथि मान्ने हाम्रो परम्परालाई कायमै राखे ।

तिमीलाई पेट भरी घिउ र भात खान दिदा स्वाद फेरेरै खायौ पहिला जस्तै । दक्षिणाको लिफा मुस्काएरै लियौ । तिमी लाचार केही नगरेको पहिलाको जस्तै देखीन्यौ । त्यती ठुलो अपराध गरेर पनि तिम्रो अनुहारमा कुनै पश्चाताप थिएऩ , तिमी लज्जास्पद थिएनौ मानौ तिमीले गरेको  अपराध हामीले अहीले सम्म़ थाहा पाएकै छैनौ । लाजै नमानी भन्न भ्यायौ अब हजुरको छोरीलाई किन बिदेश बसीरहनु पर्यो र जसरी भए पनि नेपाल बोलाऊनु पर्यो । फेरी के स्वार्थ पुरा गर्न काचुली फेर्दै छौ मलाई बुझ्न अली कठीन भयो । की मेरो छोरीले बिदेशमा धेरै पैसा कमायो भन्ठानेऊ र फेरी पैसा हात पार्ने जाल बुन्दै छौ की ? तर अब त्यस्तो़ भ्रममा नपर तिम्रो सक्कली रुप देखी सकेको  छ ।

म त एउटा विवस बाबु हु आफ्नो छोरीलाई अलपत्र पारी दिने अपराधी छाती फुलाएर आफ्नै आखा अगाडी हिडिरहेको छ म लाचार बनेर हेरी रहेको छु बरु तिमीले मेरो छोरीको हत्या गरेको भए ऊ एकै पटकमा मर्थी तिमी सजायको भागीदार अबस्य बन्ने थियौ । तिम्रो कारणले ऊ कयौ पटक मरी ,तिमी भने मर्द कहलीदै छौ ,यो कस्तो समाज!  तिमीले गरेको अपराधले मेरो छोरी मात्र हैन हामी आमा-बाबु र यी दुई सन्तान जीवन भर चीतामा जली रहेका छौ । तिम्रो यो कलंक हाम्रो पुस्तामा मात्र हैन पुस्तयौ पुस्ता़ सम्म़ खील बनेर रहने छ ।तिमी जस्तो शिक्षित र सम्पन्न परिवारको ब्यक्तीबाट मेरो छोरीले जुन अन्याय भोगीरहेकी छ यस्तो कसैले भोग्न नपरोस । ज्वाई तिमीलाई कानुनको कठघेरामा उभ्याउन त सकीन र तिमीले गरेको करतुत हेर्न पनि त सक्दिन ।

तिम्रो बैनीको सुखद दाम्पत्य जीवनको कामना  यसै पत्र मार्फ़त । म तिम्रो घरमा उपस्थित हुन सक्दिन  तिमी आफै भन त तिम्रो कारणले मेरी छोरी बिदेशमा रगत -पसिना बगाई रहेकी छ , मेरो छोरीको ठाउ अरु कसैले लिएको कसरी हेरु ? आऊन नसक्ने जानकारीको लागी यो पत्र । फेरी तिम्रो अपराधी अनुहार हेर्न नपरोस भन्दै बिदा चाहान्छु 
                      उही ससुरा , , ,          __समाप्त ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com