एजेन्सी, मुम्बई, पुस २५




बलिउडको दुनियाँ स्टारहरुबिच जत्ति मेलमिलाप गरेको देखिन्छ, उस्तै गरि दुश्मनी पाली राख्नेहरु पनि छन्। बलिउड स्टारहरू बिच तिक्ततापूर्ण सम्बन्ध राख्नेहरुको सूचि लामै छ। त्यास्ता तिक्ततापूर्ण सम्बन्ध समयसँगै पखालिएका पनि छन्।
महानायक अमिताभ बच्चनकी पत्नी एवम् बलिउड अभिनेत्री जया बच्चनको र अर्की अभिनेत्री रेखाको सम्बन्ध पनि तिक्तताइर्ण रहँदै आएको छ. यसको पछाडीका कारक भने अमिताभ नै हुन्। कुनै समय जयासँग बिहे गरिसकेका अमिताभ रेखासँग झ्यामिन पुगेका थिए। त्यही कारण उनिहरुको सम्बन्ध कहिल्यै राम्रो रहेन। उनीहरुले सकेसम्म एकअर्का सामुन्ने नै परेनन्।
तर शुक्रबार राती सम्पन्न स्टार स्क्रिन अवार्डमा उनीहरुबिचको तिक्तता सिधिएको प्रस्टै देखियो। उनीहरुले अवार्डमा एकअर्कालाई अंगालो हाले र लामो समय साथै बसे। जया र रेखाका कारण देखिएको दृश्यका कारण अवार्डमा उपस्थित धेरैका लागि आश्चर्यको विषय बन्यो।
जया र रेखाले अन्तिमपटक यस चोपडाको फिल्म 'सिलसिला'मासँगै काम गरेका थिए। यो सन् १९८० को दशकको सुरुवाततीरको कुरा हो।

