श्रीमानले लिएको ऋण चुक्ता गर्न श्रीमती सँग यौन सम्पर्क ...

एजेन्सी माघ ७,

मानिसहरु पैसाका लागि जे पनि गर्न तयार हुन्छन् भन्ने सुनिएकै भनाई हो । तर, यहाँको सुन्दै लाज लाग्ने घटनाले माथिको भनाईलाई अझै बोलियो पारिदिएको छ ।

घटना भारतको महाराष्ट्रस्थित परभनी जिल्लाको हो । जहाँ एक जातीय पञ्चायतले सजायँ भन्दै महिलालाई सार्वजनिक रुपमै परपुरुषसँग यौनसम्पर्क राख्ने फैसला गरेका छन् ।

करिब आठजना पञ्चले मिलेर एकजना महिलालाई सजायस्वरुप आफूहरुसँग यौनसम्बन्ध राख्नुपर्ने फैसला सुनाएका हुन् ।
यो फैसलालाई मानव जीवनकै ठूलो लज्जास्पद कुरा भनिएको छ ।

महिलाका पतिले लिएको ६ लाख ऋण चुक्ता गराउन पत्नीसँग यौनसम्बन्ध राख्न पाउनुपर्ने फैसला सुनाइएको हो । पतिले लामो समयसम्म ऋण तिर्न नसकेपछि पञ्चायले उनकी पत्नीको इज्जतलाई सार्वजनिक स्थानर्मै लुट्ने फैसला गरेका हुन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com