न्याय परिषदमा पहिलोपटक महिला सदस्य

sushila-karki
काठमाडौ पुस २२,

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशका हैसियतले सुशीला कार्की आजदेखि न्याय परिषद् सदस्य हुनुभएको छ ।
वरिष्ठ न्यायाधीश एवम् न्याय परिषद् सदस्य गिरिशचन्द्र लाल उमेरका कारण मङ्गलबारबाट अवकाश लिएपछि वरिष्ठ न्यायाधीशको हैसियतले कार्की न्याय परिषद् सदस्य हुनुभएको हो ।

नेपालको संविधानमा सर्वोच्च अदालतका न्यायाधीशले ६५ वर्षपछि पुगेपछि अवकाश लिनुपर्ने व्यवस्था छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com