अमेरिकाको दुर्गम राज्य अलास्कामा ल्होसार सम्पन्न

बिहिबार पुस ३०,


arjun
नेपाली समाज अलास्का, अमेरिकाले ल्होछार (ल्होसार)पर्ब जनवरी ९, २०१६ मा एसिएन कल्चरल सेन्टर, अलास्कामा भब्य रुपमा सम्पन्न गरेको छ । समाजका जेष्ठ नागरिक सोमवती तामांगले पानसमा बत्ति बालेर उद्घाटन गरेको ल्होसार पर्वमा तामाङ्ग र गुरुंगको पोशाकमा सजिएकाले नाच गान, कबिता बाचन र रात्रिभोजको आयोजना गरेका थिए ।

संस्थाका उपाध्यक्ष सागर तामांगको सभापतित्वमा भएको यस कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार प्रविन के सी र बिशेष अतिथिमा १५१ पटक रक्तदाता अर्जुनप्रसाद मैनाली थिए । राज गुरुङ, शुभ पाण्डे र लिसा तामांगले संचालन गरेका यस कार्यक्रममा सल्लाहकार जित तामाङ्ग, प्रविन के सी र भुटानी समाजका रघु मिश्रले सम्बोधन गरेका थिए।
arjun 3
कार्यक्रमको पुर्ब सत्रमा सागर तामाङ्ग, सुभाष लिम्बु, प्रवीण केसी, हर्क गुरुङ, जीत तामांग, सरोज भट्टराइ, सुभ पाण्डे र अर्जुनप्रसाद मैनालीले रक्तदान गरेका थिए । ल्होसार कार्यक्रमको अन्त्यमा रगत दाताहरु र नाच गानमा सहभागी तथा स्वयम् सेवकहरुलाई कार्यक्रमका सभापति तामांग र बिशेष अतिथि मैनालीले प्रसंशा-पत्र प्रदान गरेका थिए ।

नेपालको हुम्ला जुम्ला जस्तै संयुक्त राज्य अमेरिकाको अलास्कालाई पनि त्यसरी नै हेरिन्छ । अमेरिकाको उत्तरी पश्चिममा अबस्थित अलास्का तत्कालिन सोभियत संघबाट मार्च ३०, १८६७ मा ७.२ मिलियन डलरमा खरिद गरिएको थियो । १७ लाख १८ हजार स्क्वायर किलोमिटर क्षेत्रफल भएको अलास्काको जम्मा जनसंख्या करिब ७ लाख ४० हजार जति छ ।

यो अमेरिकाको ४९ औं राज्य हो । करिब १५ बर्ष देखि नेपालिहरु त्यहा बसोबास गर्दै आइ रहेका छन् । झन्डै १०० को हाराहारीमा रहेका नेपालीहरु डाक्टर, इन्जिनियर, फार्मेसी र क्लर्कका रुपमा स्टोरहरुमा काम गर्दछन ।
arjun 2

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com