२ हजार गर्भवती महिला जिका भाइरसबाट संक्रमित

काठमाडौं, माघ १७,

कोलम्बियाका २ हजार गर्भवती महिला जिका भाइरस संक्रमित भएको खुलासा भएको छ ।

कोलम्बियाको राष्ट्रिय स्वास्थ्य संस्थाले जनाए अनुसार कोलोम्बियाका २० हजार गर्भवती महिलामध्ये २ हजारमा जिका भाइरस देखा परेको हो । ती महिलाबाट जन्मने शिशुको टाउको सानो हुने र सुस्त मनस्थितिको हुने निश्चित भएको कोलोम्बियाको स्वास्थ्य संस्थाको ठहर छ ।

विकसित शिशुका कारण गर्भपतन समेत गर्न नमिल्ने भएकाले जिका भाइरस संक्रमित महिलाहरु चिन्तित भएका छन् । यसअघि विश्व स्वास्थ्य संगठनले जिका भाइरस चिन्ताको बिषय भएको भन्दै यसको नियन्त्रणका लागि पहल गर्न सम्बन्धित देशहरुलाई सचेत तुल्याएको थियो ।

अफ्रिकी मुलुकहरुमा पहिलो पटक देखा परेको यो भाइरस लामखुट्टेको टोकाइबाट फैलिने गर्छ । यो भाइरस अमेरिकी देशहरुमा पनि फैलिसकेको छ । ब्राजिललगाएतका अमेरिकी मुलुकहरुमा जिका भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दो छ । एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com