प्राय चिनजान र आफन्तबाटै बलात्कार हुन पुग्छन बालिकाहरु...

 प्रकाश ढुंगाना ललितपुर, माघ १२ ,

 गत माघ ३ गते राति ललितपुर नख्खिपोटका  ६४ वर्षीय राकेशकुमार खड्काले घरमा काम गर्न राखेकी ९ वर्षीया बालिका चिच्याउँदै सडकमा बसेर रून थालिन्।
फोटो गुगल

छिमेकीहरुले उनलाई बाटोमा बसेर नरून सल्लाह दिँदै काम गर्न बसेको घरमा जान भने। तर उनी गईनन्। बरू उल्टै रून झन सार्हो रून लागिन्। त्यसपछि स्थानीयले बालिकालाई चर्को श्रम शोषण गरेको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरे।

प्रहरीले सिविन र जिल्ला बालकल्याण समितिको पहलमा ४ गते ती बालिकाको उद्धार गर्‍यो। बालिकासँग सोधपुछपछि सातदोबाटो प्रहरीले घरधनी खड्कालाई पक्राउ गर्‍यो।

अनुसन्धान गर्दै जाँदा खड्काले ती बालिकालाई बलात्कार गरेको खुल्न आयो। बालिका बलात्कारमा परेदेखि सो घरमा जान डराएको र सडकमा बसेर चिच्याउँदै आएकी रहिछन्।

दसैंदेखि श्रीमती छोरीसँगै कलकत्ता गएपछि उनले बालिकामाथि कुदृष्टि राख्ने गरेको सातदोवाटो प्रहरी वृतकी प्रमुख डिएसपी तारादेवी थापाले जानकारी दिईन्। मादक पदार्थ सेवन गरी उनले बालिकामाथि बलात्कार गर्दै आएको अनुसन्धानबाट खुलेको उनले सेतोपाटीलाई बताईन्।
***
गत पुस २२ गते सातदोबाटो प्रहरीले महालक्ष्मी नगरपालिका ज्यामीकोटका २१ वर्षीय सुमन नेपाली बिशंखेलाई पक्राउ गर्‍यो। विद्यालय जान लागेकी १४ वर्षीया किशोरीमाथि उनले जवर्जस्ती गर्न खोजेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनले सोही दिन ती किशोरीलाई बाटोमै बलात्कारको प्रयास गरेका थिए। उनले यसअघि पनि आफूलाई बलात्कार गर्न खोजेको प्रहरीसमक्ष बताएकी छिन्। स्कुल जादाँ एकान्त सडकमा अश्लिल शब्द बोल्ने, यौन अंगहरू देखाउँने गरेको ती किशोरीले प्रहरीसामु बताएकी छिन्।

प्रहरीका अनुसार ती युवक र किशोरी एक अर्कामा राम्रैसँग चिनजान भएकाले किशोरीको कमजोरीमा फाइदा उठाउन खोजेका हुन्।
***
गत असोज १० गते ललितपुर ताल्छिखेलका उमेश खत्री र भरत कार्की मिलेर घरमा काम गर्ने १४ वर्षीया बालिका बलात्कार गरे। पूर्वतिर घर भएकी ती बालिका केही वर्षदेखि सो घरमा काम गर्दै थिईन्।

कार्की र खत्री साला भिनाजु हुन्। उनीहरूले पालैपालो मिलेर ती बालिकाको बलात्कार गर्ने गरेको प्रहरीमाथि बालिकाले उजुरी दिएकी थिइन्। ती बालिकाले विद्यालयका शिक्षकलाई घरमालिकले यस्तो गर्ने गरेको बताएपछि प्रहरीले दुवै जनालाई समातेर मुद्दा चलायो।
गत असोज ७ गते धापाखेलका १५ वर्षै युवक ५ वर्षको बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परे।
***
गत साउन साउन २८ गते ललितपुरकै धापाखेलमा ४९ वर्षका एक बाबुले आफ्नै बालिका छोरी बलात्कार गरे।
प्रहरीले ती बलात्कार गर्ने बाबुलाई समात्यो। श्रीमती वैदेशिक रोजगारमा गएको बेला ती बाबुले छोरीमाथि नै बलात्कार गरेको प्रहरीले जनाएको छ। ती बाबु पहिला पनि जवर्जस्ती करणी मुद्दामा जेल परेर छुटेका थिए।
***
सातदोबाटो प्रहरी वृतकी डिएसपी तारादेवी थापाले नियतबस नै बालिका र किशोरी बलात्कार हुने गरेको सेतोपाटीसँग बताईन्। चिनेजानेकै मानिसहरुबाट बलात्कारका घटना हुने गरेको उनले सुनाईन्। ‘चिनेजानेकैबाट कमजोरीको फाइदा उठाउन बलात्कार गरेको अनुसन्धानबाट देखिन्छ,’ उनले भनिन्, ‘प्राय गरिब बालिका र किशोरी नै बलात्कारमा बढी पर्ने गरेका छन्।’

आर्थिक अवस्था कमजोर भएपछि उनीहरुले केही गर्न सक्तैनन्, कसैसँग भनसुनका लागि आग्रह गर्ने सामर्थ्थ पनि हुन्न भन्ने मानसिकताबाट कतिपय घटना भएको उनले सुनाईनन्। यसका अलवा बालिका र किशोरीहरुलाई विभिन्न प्रलोभन दिएर बलात्कार गर्ने गरेको पनि अनुसन्धानमा देखिएको थापाले बताईन्।
_setopati;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com