अमेरिकामा आएको भारी हिमपातको कारण जीवन पूर्ण अस्तव्यस्त

विजय थापा ,वाशिंगटन डिसी माघ १०,

अमेरिकाको पूर्वीय समुद्रतटमा हुने राज्यहरुमा आएको तिब्र ,भिषण हिमपात आँधीको कारण जीवन पूर्ण  अस्तव्यस्त भएको छ l पूर्व भविष्य बाणी अनुसार इस्ट कोस्ट ब्लिज़र्ड २०१६ नामाकरण गरिएको उक्त हिम आंधीबेरीले तहसनहस बनाई दिएको छ l  

हिमपात आँधीको प्रभाव जर्जिया देखि म्यासाचुसेट्स सम्म परेको छ भने जसको कारण ६ करोड मानिस तिब्र हिमपातको शिकार भएका छन् l शनिबार राति ११ बजे सम्म वाशिंगटन डिसी क्षेत्रमा २२. २ इन्च ,बाल्टीमोर क्षेत्रमा २९.२ इन्च ,फिलाडेल्फियामा १७.७ इन्च तथा न्यु योर्क शहरमा २७.७ इन्च हिमपात नापिएको  छ l
वाशिंगटन डिसी महानगर क्षेत्रमा शुक्रबार अपरान्ह बाट सुरु भएको थियो l यसै गरि शनिबार रति ११ बजे सम्मको जानकारी अनुसार करिब १० हजार हवाई जहाज शुक्रबार देखि आइतबार सम्म रद्ध भएका छन् l अमेरिका कै अति व्यस्त अन्तरराष्ट्रिय हवाई अड्डा वाशिंगटन डलस ,फिलाडेल्फिया तथा वाशिंगटन रेगन तथा बाल्टिमोरले हवाई आवत जावत रोकेको छ l यसै गरि न्युयोर्कका गभर्नरले न्युयोर्क शहर तथा आईल्याण्डमा यात्रा नगर्नु भनि जानकारी गराएका छन् l 

बिशाल हिमपातको कारण सम्पूर्ण सार्बजनिक सवारी साधन पूर्ण स्थगित गरिएको छ l बिशाल हिमपातको कारण मुख्य राजमार्गमा हजारौ यातायातका साधन तथा मानिस अलपत्र परेका छन् l  हिमपातको कारण टेनेसी ,केन्टकी ,म्यारिल्याण्ड ,नर्थ क्यारोलाईना तथा भर्जिनियामा दुर्घटनाको कारण अहिले सम्म मर्ने को संख्या १८ पुगी सकेको छ l 

यसै गरि २ लाख ५० हजार ग्राहकका घरमा बिद्युत बन्द भएको छ l हिमपातको साथै न्युजर्सीको नदिमा आएको बरफ को बाढीको कारण सडक अबरुद्ध भएको छ l अहिले सम्म हिऊ सबै भन्दा ज्यादा वेस्ट भर्जिनियाको ग्लेनगारी नजिक ४० इन्च हिउ थुप्रिएको भेटिएको छ भने वेस्ट भर्जिनियाको क्षेत्रमा ३० इन्च भन्दा ज्यादा बिबरण प्राप्त भएको छ l 

यसै गरि न्युयोर्कको जनएफकेनेडी विमानस्थलमा आइतबार बिहान सम्म ३०.५ इन्च जम्मा भएको समाचार छ l 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com