टिभी हर्न गएकी बालिकालाई बजरजस्ती बलात्कार...

गोरखा, १३ माघ ,

गोरखामा एक बालिकालाई घरभित्र थुनेर बलात्कार गरिएको छ ।

घ्यालचोक–९ बस्ने परियार थरकी ९ वर्षीया बालिकालाई बजरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय रितबहादुर गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ छिमेकीको घरमा टिभी हर्न गई घर फर्कने क्रममा गुरुङले बालिकालाई आफ्नो घरमा लगि जबरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । _दैनिक नेपाल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com