७ बर्षीय बालिका बलात्कार गर्ने विक फरार

 म्याग्दी, माघ १५ ,

म्याग्दीको कुहूँ–१ मा सात वर्षीय एक बालिका बलात्कृत भएकी छन् । यही माघ १२ गते साँझ घरमा आमा नभएको समयमा एक्लै रहेकी बालिकामाथि पात्लेखेत–७ घर भएका करिब ३५ वर्षीय विक थरका युवाले जबर्जस्ती गरेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ ।

बाबियाचौर–१ ससुरालीमा बस्दै आएका ती युवा बालिकामाथि जबर्जस्ती करणी गरेपश्चात् सोही दिनदेखि नै फरार रहेकाले निजको खोजतलाससहित थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरी पीडित बालिकाको स्वास्थ्य कार्यालयमा लगी स्वास्थ्य परीक्षण गरेको जनाएको छ । रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com